मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा आइतवार ‘जनता कर्फ्यु’ घोषणा

बिहीबार, ०६ चैत २०७६, २१ : २७
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । भारतमा आइतबार ‘जनता कर्फ्यु’ घोषणा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले बिहीबार देशबासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको रोकथामका लागि भारतभर ‘जनता कर्फ्यु’ घोषणा गरेका हुन् । 

उनले आफू बचौं, देश बचाऔं र जगत जोगाऔं भन्दै देशवासीलाई आग्रह गरेन् । उनले भने, ‘संकटबाट आफू बचौं, देश बचाऔं र जगत जोगाऔं । म फेरि आग्रह गर्दछु, जनता कर्फ्यू लागु गरौं ।’ 


अहिले कोरोना भाइरसले विश्‍व विश्वयुद्धको संकटभन्दा पनि नराम्रो तरिकाले प्रभावित भइरहेको भन्दै विशेष सावधानी अपनाउनुपर्ने प्रधानमन्त्री मोदीको सुझाव छ । उनले भने, ‘म १३० करोड भारतीय जनतालाई केही हप्ता माग्‍न चाहन्छु । यस अवधिमा दुईवटा काम गर्नु आवश्यक छ ।  जसमा संकल्प र संयम अपनाउनुपर्दछ ।'

हाल भारतमा कोरोना भाइरसको संक्रमण बढ्ढो क्रममा रहेको छ । 

मोदीको घाषणाअनुसार आइतबार बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म जनता कर्फ्यु लागू गरिनेछ । २२ मार्चमा हुने जनता कर्फ्यूको बारेमा आफ्ना नजिकका मानिसलाई फोन वा अन्य कुनै माध्यमबाट सूचना दिन पनि उनले आह्वान गरेका छन् । 

उनले भने, ‘महामारीको रुपमा फैलिएको यो भाइरस विरुद्ध लड्न जनताको, जनताद्वारा नै यो कर्फ्यु सफल बनाउन म आग्रह गर्छु । यो समयमा कोही पनि आफ्नो घरबाट बाहिर ननिस्कनुस्। सबैजना आफ्नो घरमा नै बस्नुस्। यो हाम्रो लागि चुनौती हो । विश्वव्यापी महामारी विरुद्ध लडाई हो।’

उनले केही हप्तासम्म ६० वर्षभन्दा माथिका नागरिकलाई घरबाट बाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।  मोदीले खाद्यान्न, औषधी, लगायत अत्यावश्यक सामानहरुको कमी हुन नदिन सरकारले प्रयास गरिरहेको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप