शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आन्दोलनको उपलब्धि खतरामा पर्न थाल्यो: उपेन्द्र यादव

बिहीबार, ०६ चैत २०७६, २३ : ०५
बिहीबार, ०६ चैत २०७६

लहान । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा पर्न थालेको बताउनुभएको छ । पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सिरहामा सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेश आन्दोलनबाट प्राप्त भएको सङ्घीयता, समावेशीतालगायतका उपलब्धि खतरामा पर्न थालेको गुनासो गरे ।

उनले सङ्घीयता कार्यान्वयका लागि अहिलेको संविधानमा संशोधन आवश्यक रहेको उल्लेख गरे । संविधान संशोधनको सर्तसहित आफ्नो पार्टी सरकारमा गए पनि त्यो पूरा नभएपछि सरकार छाडेको दावी उनको थियो । भेलामा पार्टीका केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य र अगुवा नेता कार्यकर्ताको सहभागिता थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप