शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभियुक्तले निर्भयाका सबै सामान र कपडासमेत लिएर गएका थिए, कसैले फोन राखे त कसैले जुत्ता–घडी

शुक्रबार, ०७ चैत २०७६, ०८ : १०
शुक्रबार, ०७ चैत २०७६

निर्भयाका अभियुक्तले उनीमाथि यतिसम्मको कुकृत्य गरेका थिए कि उनीहरुले उनको कपडासमेत फुकालेर लिएर गएका थिए । पछि त्यही कपडाले उनीहरुले बस पनि सफा गरे । त्यसपछि उनीहरुले कपडा जलाए । यतिमात्रै होइन, दोषीले निर्भया र उनको साथीको सबै सामान पनि लुटेका थिए । केही सामान बिहारको औरंगाबादबाट भेटियो भने केही राजस्थानको करौलीको गाउँबाट । यो खबर भारतीय सञ्चार मिडिया भास्करले लेखेको छ ।

कसैले फोन राखे त कसैले जुत्ता–घडीः

स्रोतका अनुसार सन् २०१२ को डिसेम्बर १६ मा निर्भयामाथि बलात्कार गरेकै दिन उनीहरुले अर्का एक व्यक्ति (राम आधार) को पनि लुटपाट गरेका थिए । सबै ६ दोषी त्यस रात बेस्सरी नसामा थिए । राती करिब ९ बजेपछि मनिरका बस स्ट्यान्डबाट निर्भया र उनका साथीहरु बसमा चढ्नेबित्तिकै यी दोषीहरुले उनीहरुमाथि दुर्व्यवहार गर्न सुरु गरेका थिए । तीमध्ये एकजनाले निर्भयाका साथीलाई थप्पड हाने । एकजनाले निर्भयालाई समाते । त्यसपछि पालैपालो सबैले निर्भयामाथि सामूहिक बलात्कार गरे । दोषीले उनीहरुसँग भएको सबै सामान पनि खोसे । उनीहरुको कपडा फुकाले । सामूहिक बलात्कार र लुटपाट गरेपछि दोषीले उनीहरु दुबैलाई बसबाट फ्याँकिदिए । त्यसपछि जति पनि सामान पाएका थिए सबैले एक–आपसमा बाँडफाँट गरे । दोषी अक्षयले निर्भयाका साथीको चाँदी र सुनको औंठी लिएर बिहार हिँडे । मुकेश सिंहले निर्भयाका साथीको स्मार्टफोन लिएर राजस्थानको करौलीमा रहेका आफ्नो गाउँ गए । मुख्य दोषी राम सिंहले निर्भयाकी आमाको डेबिड कार्ड राखेका थिए जबकी नाबालिक दोषीले ११ भारु राखेका थिए ।

दोषीले निर्भया र उनका साथीबाट के सामान खासे ?

 

आरोपीले मोबाइल, डेबिड–क्रेडिट कार्ड, घडी, औंठी, जुत्ता सबै खासेः

निर्भयाका साथीले सामूहिक बलात्कारको तीन दिनपछि अर्थात्, डिसेम्बर १९ दिउँसो साढे ३ बजे आफ्नो बयान दर्ता गराएका थिए । उनका अनुसार दोषीले उनीसँग भएको सामसङका दुई स्मार्टफोन, पर्स (जसमा हजार रुपैयाँ) थियो, सिटी बैंकको क्रेडिट कार्ड, आइसीआइसीआइ बैंकको डेबिड कार्ड, कम्पनी आइडी कार्ड, दिल्ली मेट्रोको स्मार्टफोन खोसेका थिए । यसका साथै एउटा सुन र चाँदीको औंठी, कपडा र जुत्ता पनि खोसेका थिए । दुष्कर्मीले निर्भयाको नोकियो मोबाइल र पर्स पनि खोसेका थिए । उनीहरुले निर्भया र उनका साथीको घडी पनि लगेका थिए ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप