बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फाँसीअघि विनयले फेरेनन् कपडाः रुँदै मागे माफी

शुक्रबार, ०७ चैत २०७६, ०८ : ३८
शुक्रबार, ०७ चैत २०७६

दिल्लीको सडकमा करिब सात वर्ष अघि निर्भयामाथि सामूहिक बलात्कार गर्ने चारै दोषीलाई मृत्युदण्ड दिइएको छ । विभिन्न कानूनी अड्चनबीच उनीहरुलाई शुक्रबार बिहानै फाँसी दिइयो । तिहाड जेलबाहिर सुरक्षा कडा गर्र्द अर्धससैनिक बलका जवानलाई पनि तैनाथ गरियो ।

फाँसी दिनुअघि तिहाड जेलका विभिन्न अधिकारी ‘फाँसी घर’ पुगे जसको निगरानीमा फाँसीको प्रक्रिया पूरा भयो । भारतीय सञ्चार माध्यम आजतकका अनुसार फाँसीमा चढ्नुअघि दोषीलाई जब नुहाउन र कपडा फेर्न भनियो तब दोषी पवनले कपडा फेर्न अस्विकार गरे । उनी रुन सुरु गरे र माफी माग्न थाले ।

दोषीलाई फाँसी दिनुअघि नै तिहाड जेल बाहिर मानिसहरुको अत्यधिक भीड थियो । दिल्लीका स्थानीय जनता, केही अधिकारकर्मीले २० मार्चको दिनलाई निर्भयाका लागि सच्चा श्रद्धाञ्जली दिइएको दिनको रुपमा सम्झिए । दोषीलाई फाँसी दिएपछि त्यहाँ थुप्रैले उत्सव पनि मनाए, खुसीयालीमा मिठाई पनि बाँडियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप