बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निर्भयाका दोषीले सुरुमा नुहाए, त्यसपछि नास्ता दिइयोः चारैजनालाई एकैपटक दिइयो फाँसी

शुक्रबार, ०७ चैत २०७६, ०९ : ०३
शुक्रबार, ०७ चैत २०७६

१६ डिसेम्बर २०१२... दिल्लीको सडकमा राती गुडिरहेको बसभित्र निर्भयामाथि ६ व्यक्तिले सामूहिक बलात्कार गरे । यी ६ व्यक्तिमध्ये राम सिहंकले जेलभित्रै आत्महत्या गरे । उनी बसका ड्राइभर थिए र मुख्य आरोपी थिए । एक नाबालिक थिए जसले ३ वर्षको जेल सजाय काटेर २० डिसेम्बर २०१५ मा रिहा भइसकेका छन् र कतै आनन्दले आफ्नो जीवनयापन गरिरहेका छन् । बाँकी रहे चारजना । उनीहरुको नाम थियो – मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षय ठाकुर । यी दोषीले आफ्नो अपराधको सजाय ७ वर्ष ३ महिना र ४ दिनपछि पाए । चारै दोषीलाई तिहाड जेल नम्बर–३ मा २० मार्चको बिहान साढे ५ बजे झुण्ड्याइयो । फाँसी दिनका लागि जल्लाद पवन १७ तारिखमै तिहाड जेल पुगिसकेका थिए । तर फाँसीको केही घण्टाअघि यी दोषीमाथि के–के भयो ? फाँसीमा चढाउने पूरा प्रक्रिया के हो ? यसबारे भास्करले जानकारी दिएको छ ।

१. दोषीलाई फाँसी बिहान साढे पाँच बजे दिइयो, तर तयारी रातभरी सुरु भयो । फाँसी दिनु ३ घण्टाअघि दोषीलाई उठाइयो ।

२. दोषीलाई नुहाउन लगाइयो । उनीहरुलाई सफा र नयाँ लुगा लगाउन दिइयो । आज तकका अनुसार दोषी विनयले नयाँ लुगा लगाउन अस्विकार गरे ।

३. त्यसपछि केही खान दिइयो । यद्यपि, कसैले पनि केही खाएनन् ।

४. फाँसीको एक घण्टाअघि जेल सुपरिन्टेन्डेन्ट, मेडिकल अफिसर र डिस्ट्रिक्स मजिस्ट्रेटले दोषीलाई भेटे ।

५. डेप्युटी सुपरिटेन्डेन्टले दोषीलाई जेल नम्बर–३ मा पुर्‍याए ।

६. त्यसपछि दोषीलाई डेथ वारेन्ट पढेर सुनाइयो ।

७. दोषीलाई पासोको मुनी उभ्याइयो । त्यसपछि जल्लाद आए । दोषीको खुट्टा कसेर बाँधे । उनीहरुको गर्धनमा पासो पनि जल्लादले नै हाले ।

८. सुपरिटेन्डेन्टको इशारा पाउने बित्तिकै जल्लादले लिभर ताने । चारै दोषी तल झुण्डिए ।

९. स्वास्थ्य अधिकारीले दोषीको मृत्यु भएको पुष्टि गरे । त्यसपछि शव निकालियो ।

क–कसले देखे यी चारै दोषीलाई दिइएको मृत्युदण्ड ?

जेल सुपरिटेन्डेन्ट, डेप्युटी सुपरिटेन्डेन्ट, मेडिकल अफिसर त्यहाँ बस । उनीबाहेक डिएम र एडीएम पनि त्यहाँ बसे जसले वारेन्टमा हस्ताक्षर गरे । उनीहरुबाहेक कन्स्टेबल, हेड कन्स्टेबल वा वार्डन पनि त्यहाँ उपस्थित थिए । जबसम्म यी दोषीको मृत्युदण्डको प्रक्रिया पूरा भएन तबसम्म जेलका अन्य कैदी आ–आफ्ना सेलभित्रै बन्द रहे ।

(दिल्ली प्रिजन म्यानुअल २०१८ मा मृत्युदण्डको प्रक्रिया र मृत्युदण्डको दिन के–के हुन्छ, यसबारे जानकारी दिइएको छ । यो समाचार पनि प्रिजन म्यानुअलको आधारमा नै तयार गरिएको छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप