केन्द्रीय संस्करण

भारतीय प्रधानमन्त्री मोदीद्वारा मुख्यमन्त्रीहरुसँग भिडियो सम्मेलन

person explore access_timeचैत ७, २०७६ chat_bubble_outline0

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार मुख्यमन्त्रीहरुसँग भिडियो सम्मेलन गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको अवस्थामा नियन्त्रणका उपायका बारेमा उनीहरुले छलफल गर्नुभएको जनाइएको छ ।

भिडियो सम्मेलनमा उडिसा प्रदेशका मुख्यमन्त्री नवीन पटनायक, आन्द्र प्रदेशका मुख्यमन्त्री वाई।एस। जागन मोहन रेड्डी, अरुणाञ्चल प्रदेशका मुख्यमन्त्री पेमा खाँडु, आसाम प्रदेशका मुख्यमन्त्री सर्वानन्द सोनोवाल, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलगायतसँग प्रधानमन्त्री मोदीले छलफल गरेका हुन् ।

यसअघि बिहीबार प्रधानमन्त्री मोदीले यही मार्च २२ तारिखका दिन जनता कफ्र्यू लागू गर्न आह्वान गरेका थिए । प्रधानमन्त्री मोदीकै प्रयास र प्रस्तावमा केही दिन अगाडि सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुका बीचमा पनि भिडियो सम्मेलन भएको थियो ।

उनले जी–२० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुका बीचमा पनि भिडियो सम्मेलन गर्ने बारेमा छलफल चलाएका थिए । –सिन्ह्वा
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.