शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित

शनिबार, ०८ चैत २०७६, १४ : २६
शनिबार, ०८ चैत २०७६

काठमाडौं । पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ । 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ ।  नियमित पूजा भने यथावत रहेको छ । 

सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित भएको हो ।
 कोरोना जोखिमको कारण नियमित पूजाका लागि जाने भक्तालुहरुको संख्या पनि कम हुदै गएको छ । नियमित पूजाका लागि २५ जना भन्दा बढी नपठाउने र निश्चित दुरीको फरकमा पूजामा जाने व्यवस्था पशुपतिनाथ

क्षेत्र विकास कोषले गरेको छ । मन्दिर परिसरमा ठाँउठाँउमा स्यानिटाइजर राखिएको छ भने हात धुने व्यवस्था पनि मिलाइएको छ । 

पशुपतिनाथ मन्दिरमा १ हजार १ सय रुपैयाँ देखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ । मन्दिर वरीपरी सामान्य अवस्थामा निकै भिडभाड हुने गरेकोमा अहिले सुनसान जस्तै देखिन्छ ।

 पशुपतिनाथ क्षेत्र विकास कोषले नियमित रुपमा गर्दै आएको आरति पूजालाई समेत स्थागित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप