बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई घर भाडामा ५० प्रतिशत छुटको व्यवस्था मिलाउन नेविसंघको माग

आइतबार, ०९ चैत २०७६, १७ : ०९
आइतबार, ०९ चैत २०७६

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उपत्यकामा भाडामा बस्ने विद्यार्थीलाई कोरोना भाइरसले निम्त्याएको संकटको अवधिभर ५० प्रतिशत छुटको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

आइतबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै यस विषयमा सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् । यस्तै  उपत्यका बाहिर घर भएका र घर जना इच्छुक विद्यार्थीलाई निःशुल्क घर जाने व्यवस्था गर्न नेविसंघको माग छ ।

‘सरकारले  इन्टरनेट सेवा प्रदायकहरुलाई सहुलियत वा कर छुट दिएर कोरोनाको संकट अवधिभर इन्टरनेट सेवा निःशुल्क उपलब्ध गरियोस् । भारतमा कोरोनाको प्रकोप बढेकाले भारतीय नाकाको आवत जावत पूर्ण रुपमा बन्द गरियो,’ अध्यक्ष ढुंगानाद्ववरा जारी विज्ञप्तिमा उल्लेख छ ।

अत्यावश्यक उपभोग्य बस्तुको कृतिम अभाव, महंगी र कालोबजारीको प्रभावकारी अनुगमन र नियन्त्रण गर्न नेविसंघले सरकारको ध्यानाकर्षण गरेको छ ।

No photo description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप