मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यती एअरलाइन्सले पनि घटायो टिकटको मूल्य, कहाँ कती ? यस्तो छ नयाँ भाडादर

आइतबार, ०९ चैत २०७६, १८ : ५६
आइतबार, ०९ चैत २०७६

काठमाडौं– कोभिड–१९ संक्रमणको प्रभावले काठमाडौं बाहिर जाने यात्रुहरुको सहजताका लागि यती एअरलाइन्सले आफ्ना उडानहरुमा टिकटको मूल्य सस्तो बनाएको छ । 

भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराको लागि हामीले टिकटको मूल्य घटाएका छौं । साथै, निम्नलिखित लागू गरिएका शुल्क बाहेक पनि न्यूनतम मूल्यका टिकटहरु खरिद प्राथमिकताका आधारमा उपलब्ध रहिरहने छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायुसेवा संचालक संघ, नेपाल र सर्वधारणको अनुरोधमा लामो दूरीका सवारी साधन सञ्चालनमा नआउँदासम्मका लागि टिकटको मूल्य सस्तो बनाइएको हो । उल्लेखित हवाई भाडा दरहरु चैत १० गतेदेखि चैत २१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । 

एयरलाइनले विज्ञप्तीमार्फत सम्पूर्ण नेपालीहरुलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षाका उपायहरु अपनाई सुरक्षित रहन आग्रह समेत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप