बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना विरुद्ध लड्न सरकारलाई ग्लोबल आइएमई बैंकको १ करोड सहयोग

सोमबार, १० चैत २०७६, १७ : ५५
सोमबार, १० चैत २०७६

काठमाडौं– ग्लोबल आइएमई बैंकले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाल सरकारले चैत्र ९ गते घोषणा गरेको ‘कोरोनासंक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।

साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोषमार्फत १५ लाख आर्थिक सहयोग समेत उपलब्ध गराउने निर्णय गरेकोे छ । 

कोभिड–१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ । 

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाईनिरन्तरता दिँदै जाने बताएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप