कोरोना भाइरसले तपाईंको यौन जीवनमा कस्तो असर पार्ला ?
जब संसारभरी सोसल डिस्टेन्सिङ र सेल्फ आइसोलेशनको कुरा गरिँदै छ तब प्रश्न उठ्छ यौन सम्बन्धको ।
कतिको मनमा कोरोना भाइरसको महामारीको यौन सम्बन्धमा कस्तो प्रभाव पर्छ भन्ने प्रश्न पनि उब्जिएको होला ।
वैज्ञानिकका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट हुने कोभिड–१९ को संक्रमण यौन सम्बन्धमार्फत् फैलिएको भन्ने कुनै तथ्य फेला परेको छैन । तर हामीलाई पहिले नै थाहा छ कि सास फेर्न गाह्रो हुने यो संक्रमण कुनै संक्रमित व्यक्तिको सिधा सम्पर्कमा आएपछि सर्न सक्छ ।
युनिभर्सिटी अफ ईस्ट एंगलियामा मेडिसीन विभागका विज्ञ प्राध्यापक पल हन्टरले यौन सम्बन्धबारे बेलायती सरकारले तर्फबाट जारी गरिएको ताजा सल्लाहको अर्थ के हो भनेर सम्झाउने कोसिस गरेका छन् ।
प्राध्यापक पल हन्टर भन्छन्, ‘यदि तपाईंको वा तपाईंको पार्टनरमा कोरोना भाइरसको संक्रमणको कुनै लक्षण छैन भने यौन सम्बन्ध स्थापित नगर्न तपाईंसँग कुनै कारण छैन । तर यदि कसैको स्वास्थ्य खराब छ वा तपाईंमध्ये एकजना जोखिमको स्थितीमा हुनुहुन्छ भने कुनै पनि प्रकारको समाप्यिताबाट टाढै बस्नु नै बुद्धिमानी हुनेछ ।’
कोरोना भाइरसः
प्राध्यापक हन्टर र अन्य विशेषज्ञले आफ्ना नियमित पार्टनरबाहेक अरु कसैसँग पनि यौन सम्बन्ध स्थापित गर्नबाट बच्नुपर्ने कुरामा सहमती व्यक्त गरेका छन् ।
न्यूयोर्कको जनस्वास्थ्य विभागका अधिकारीले यौन गतिविधीका लागि नयाँ नियम जारी गरेका छन् जसमा के सुरक्षित छ र के छैन भनेर स्पष्ट शब्दमा जानकारी दिइएको छ ।
हामी सबैले अन्य व्यक्तिसँगको अनावश्यक सम्पर्कबाट बच्नुपर्छ, एकअर्काबीच दुरी स्थापित गर्नुपर्छ । यसो गरे संक्रमण फैलनबाट रोक्न सकिन्छ । हामीलाई राम्रोसँग थाहा छ कि चुम्बनमार्फत् कोरोना निकै सजिलै फैलन सक्छ ।
त्यसकारण यदि तपाईं सिंगल हुनुहुन्छ भने केही समयका लागि डेटिङ गर्नबाट बच्नुहोस् । हो, यदि तपाईं सुरक्षित दुरी कायम गरेर डेटिङ गर्न चाहनुहुन्छ भने त ठिक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का