शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएई छाड्न नपाएका विदेशीले वैध रुपमै बस्न पाउने

मङ्गलबार, ११ चैत २०७६, १७ : २१
मङ्गलबार, ११ चैत २०७६

दुबई – अहिले युएईमा रहेका र विमानस्थल तथा विभिन्न देशसँगको सीमा बन्द हुँदा अलपत्र परेका विदेशी नागरिकले वैध रुपमै निरन्तर बस्न पाउने भएका छन् । ‘परिचयपत्र तथा नागरिकताका लागि संघीय प्राधिरकण’ ले यस्तो जानकारी दिएको हो ।

यस विषयमा विस्तृत जानकारी केही समयपछि दिइने जनाइएको छ । कोभिड १९ सँग जुध्नका लागि युएईले विभिन्न देशसँग अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । यहाँ कार्यरत नेपाली समेत यस निर्णयपछि अन्योलमा परेका थिए । भिसा पनि सकिइसकेको र घर फर्कनका लागि उडान समेत अवरुद्ध भएको अवस्थामा उनीहरु अलमलमा थिए । अब उनीहरुले पनि तत्काल वैध रुपमै युएई बस्न पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप