शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्समा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ हजार पार

बुधबार, १२ चैत २०७६, ०६ : ५६
बुधबार, १२ चैत २०७६

फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण २ सय ४० जनाको ज्यान गएको छ । यसका साथै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ सय पुगेको छ । फ्रान्समा कोरोना भाइरसको २ हजार ४ सय ४४ नयाँ संक्रमण देखिएको छ ।

यससँगै कोरोना भाइरसको कूल संक्रमितको संख्या २२ हजार ३ सय पुगेको छ । संक्रमण रोक्नका लागि युरोपका अन्य देश झैं फ्रान्सले पनि विभिन्न प्रकारको कडा प्रतिबन्ध लगाएको छ । १७ मार्चदेखि नै फ्रान्समा लकडाउन छ । सुरुमा यो १५ दिनका लागि थियो तर यसमा थप वृद्धि गर्ने कुरा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप