शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसविरुद्ध लड्न रोनाल्डोको सहयोग

बुधबार, १२ चैत २०७६, १३ : ४१
बुधबार, १२ चैत २०७६

एजेन्सी । पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलमा आर्थिक सहयोग गरेका छन् ।

पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डिसले बुधबार कोरोनाविरुद्ध लड्न सान्टा मारिया अस्पताल र पोर्टोको सान्टो एन्टोनियो अस्पताललाई एक मिलियन युरो सहयोग गरेका हुन् ।

उनीहरुले सहयोगले बिरामी उपचारको लागि भेन्टिलेटर र बेड निर्माणका साथै अन्य आवश्यक सामग्री खरिद गरिने बताइएको छ । चीनबाट सुरु भएको कोरोना भाइरसले अहिले युरोपमा महामारीको रुप लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप