शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा बलिउड सेलिब्रिटी के गर्दैैछन् ?

बिहीबार, १३ चैत २०७६, १३ : ३४
बिहीबार, १३ चैत २०७६

कोरोनासँगको युद्धले पूरा संसारलाई नै एकै बनाइदिएको छ । सर्वसाधारणदेखि चर्चित व्यक्तित्व सबै आफ्नो घरमा बन्द छन् ।

यदि बलिउड सेलिब्रिटीको कुरा गर्ने हो भने कोरोना र लकडाउनका लागि कारण फिल्म रिलिज भइरहेको छैन ।

यस्तोमा संसारभरी सुटिङ गर्ने फिल्मी कलाकार अब के गरिरहेका होलान् भन्ने प्रश्न उठ्न सक्छ ।

कति आफन्तसँग समय बिताइरहेका छन् भने कतिले दैनिक ज्यालादारीमा निर्भयर मजदुरका लागि पैसा दान गरिरहेका छन् भने कतिले सर्वसाधारणलाई जागरुक गराउने कोसिस गरिरहेका छन् ।

कोरोनाका बेला बलिउड जगतका चर्चित सेलिब्रिटी कसरी दिन काटिरहेका होलान् भन्नेबारे जानकारी लिऔं ।

कोरोनासँगको युद्धः के गरिरहेका छन् फिल्मी सेलिब्रिटी ?

फिल्म निर्माता राजकुमार हिरानीले दैनिक ज्यालादारी गर्ने मजदुरका लागि पैसा जम्मा गर्ने अभियान ट्वीटरमा साझा गरेका छन् ।

हिरानीले लेखे, ‘आउनुहोस्, दैनिक ज्यालादारी मजदुरको हामी सबै मिलेर मद्दत गरौं । म यो अभियानमा आफ्नो योगदान गर्नेछु । तपाईंहरु सबैलाई दैनिक ज्यालादारी मजदुरका लागि सहयोग गर्न अपिल गर्छु ।’

अभिनेत्री सोनम कपुरले पनि लेखिन्, ‘मैले दान गरेँ तपाईंले गर्नुभयो ?’

प्रियंका चोपडाले हातलाई राम्रोसँग धुने चुनौती स्विकार गर्दै ट्वीटरमा एउटा भिडियो पोष्ट गरेकी छिन् । प्रियंका भिडियोमा गुन्गुनाउँदै भन्छिन्, ‘तपाईं जो सुकै भएपनि हात धुन असाध्यै सजिलो छ । आफ्नो हात राम्रोसँग धुन २०–२५ सेकेन्ड खर्च गर्नुहोस् ।’

फिल्म निर्माता अनुराग कश्यप ट्वीटर र इन्स्टाग्राममा मानिसहरुलाई केही फिल्म हेर्नका लागि सल्लाह दिइरहेका छन् । आफ्नो इन्स्टाग्राम स्टोरिजमा अनुरागलाई  पछिल्ला केही दिनदेखि पकाइरहेको पनि देख्न सकिन्छ ।

भारतमा लकडाउन पछि सोसल मिडिउयामा पुलिसले सडकमा निस्कनेहरुलाई लठ्ठी बर्साइरहेको भिडियो सार्वजनिक भइरहेका छन् ।

आर्टिकल–१५ र मुल्कजस्ता फिल्म बनाउने अनुभव सिन्हाले ट्वीट गरे, ‘लाखौं पटक गाली गरेपनि उनीहरुले जे गरिरहेका छन्, त्यो सजिलो छैन । उनीहरु हाम्रो व्यवहारले पागल भइरहेका छैनन्, यो नै ठूलो कुरा हो । गल्ती पनि छन् जुन सुधार्नु पर्छ तर ताली पनि छ ।’

नायक विक्की कौशलले एक कविता साझा गर्दै मानिसहरुलाई घरमै बस्न अपिल गरेका छन् ।

लेखक वरुण ग्रोवरले एकान्तमा बिताएको २० दिनपछि एक चित्र साझा गरेका छन् ।

२२ मार्चमा शाहरुख खानले एक भिडियो ट्वीट गरेका थिए । उक्त भिडियोमा शाहरुखले मानिसहरुलाई घरमा बस्न कति महत्वपूर्ण छ र कोरोनाविरुद्धको लडाईं कसरी लड्न सकिन्छ भनेर जानकारी दिइरहेका छन् ।

साथै, भिडियोमा शाहरुख खान आफ्नै फिल्मको सीनको मजाक उडाउँदै मानिसहरुलाई के गर्ने र के नगर्ने भनेर बुझाइरहेका छन् । सलमान खानले पनि एउटा यस्तै भिडियो साझा गरेका छन् ।

अमिताभ बच्चनले पनि ट्वीटरमा कोरोनाबारे जागरुक गराउने विभिन्न जानकारी साझा गरिरहेका छन् ।

धेरैजसो सामाजिक मुद्दामा सक्रिय देखिने आमिर खानले जनता कर्फ्यूबारे एक ट्वीटबाहेक कुनै जानकारी साझा गरेका छैनन् ।

कट्रिना कैफले इन्स्टाग्राममा भाँडो माझेको र कुचो लगाएको भिडियो सेयर गरेकी छिन् ।

अनुष्का शर्माले विराट कोहलीसँग एउटा सेल्फी साझा गर्दै लेखेकी छिन्, ‘सेल्फ आइसोलेशनले हामीलाई एक अर्कालाई हरेक प्रकारले प्रेम गर्न मद्दत गरिरहेको छ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Self - isolation is helping us love each other in all ways & forms 🤪

A post shared by AnushkaSharma1588 (@anushkasharma) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप