बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सकलाई प्रम ओलीको आग्रह : सामग्रीहरु उपलब्ध हुँदै छन्, धैर्य गरौँ

बिहीबार, १३ चैत २०७६, १८ : १०
बिहीबार, १३ चैत २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर तथा नर्सहरूलाई हाल मौज्दात सामग्रीको अधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन पनि आग्रह गरेका छन् ।


बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले सरकार पनि सँगै रहेको भन्दै चिकित्सक तथा प्राविधिकहरुलाई ढाडस दिए । 

उनले भनेका छन् 'हाल मौज्दात सामग्रीको अधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होु, तपाईंहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदै छन् । धैर्य गरौँ । कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ । सरकार तपाईंहरुसँगै छ, चिन्तित नहोऔं  ।'

 स्वास्थ्यकर्मीहरुलाई चाहिने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), र  मास्कलगायतका सुरक्षा किटको अभाव देखिएको छ । कोभिड–१९ संक्रमण जाँच्ने कीट र स्वास्थ्यकर्मीहरुका लागि (पीपीईं) चीनबाट मगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप