शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महाव्याधिको विश्वव्यापी प्रकोप : अमेरिकाबाट सिक्नुपर्ने पाठ

कोरोना महाव्याधि मानव जातिमाथिकै महासंकटः यसले क्षमता र शक्ति राष्ट्र चिन्दैन
शुक्रबार, १४ चैत २०७६, ०७ : ५०
शुक्रबार, १४ चैत २०७६

आखिर त्यही भयो, जुन कुरा नहोस् भनेर त्यो खतराको सम्भावनाबारे सचेत गर्दै चीनले बारम्बार चेतावनी दिँदै आएको थियो ।

चीनमा कोरोनाको महामारी फैलिँदै गर्दा चीनले विश्व स्वास्थ्य संगठनलाई त्यस रोगको बारेमा बेलैमा जानकारी दिएको थियो । उसले विश्व स्वास्थ्य संगठनलाई चीनको ऊहानमा रहस्यमय खालको भाइरस देखापरेको त्यसले मानिसहरुलाई विरामी पार्दै गइरहेको, विरामीको प्रकृति मूलः निमोनिया रहेको जस्ता जानकारीहरु दिएको थियो । विगतमा सार्सको महामारी फैलिँदा चीनले त्यो कुरालाई लुकाएको, ढिलो गरेर मात्रै जानकारीहरु प्रकाशमा ल्याएको तथा विश्व स्वास्थ्य संगठनलाई पठाएको, त्यसैले सार्सले महामारीको रुप लिएको जस्ता गम्भीर आरोप चीनमाथि लागेको थियो । सम्भवतः त्यसैबाट पाठ सिक्दै कोभिड–१९ को बेलामा चाहिँ उसले बेलैमा जानकारी प्रकाशमा ल्याएको थियो र विश्व स्वास्थ्य संगठनले पनि त्यसको प्रशंसा गरेको थियो ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिनको लागि चीनले सम्भवतः विश्व इतिहासमै पहिलो पटक करोडौं वासिन्दा बसोबास गर्ने एउटा सिंगो शहरलाई लकडाउन गर्यो । त्यसबेला पनि पश्चिमा जगत्, अझ विशेष गरेर अमेरिकाले घटना र विषयवस्तुको गम्भीरतालाई मनन गरेर त्यसको अर्थ बुझ्न खोज्नुको सट्टा करोडौं चिनियाँ जनताको मानावाधिकार हनन भएको खोंचे थापिरह्यो । चीनले बारम्बार चेतावनी दिइरह्यो– अहिले तीब्र गतिमा संक्रमण फैलाउँदै गरेको यो नयाँ रहस्यमयी भाइरसको संक्रमण दर खतरनाक छ, त्यसैले विश्वले यसबारे सतर्कता अपनाउनु जरुरी छ । तर उसको त्यो चेतावनीलाई बेलैमा सुन्ने काम भएन ।

आपतकालीन  र युद्धस्तरको तयारी एव‌ं प्रतिरोधको बल, सुसंगठित र सक्षम राज्यव्यस्था, कुशल नेतृत्व र अत्यन्तै अनुशासित  चिनियाँ जनताको जम्मा योगदानको प्रतिफल यतिखेर चीनमा करिब करिब यो भाइरसमाथि नियन्त्रण आइसकेको छ । संक्रमणदर न्यूनमा झरेको छ । स्थिति र जनजीवन सामान्यीकरणतिर जाँदैछ ।


दुर्भाग्यको कुरा, कोरोनाभाइरसले निम्त्याएको महाव्याधिको प्रकोप युरोपमा विस्फोटन भएको छ । युरोपको इटाली, स्पेनमा महाविस्फोट, इरान, दक्षिणकोरिया, सिंगापुर लगायत विश्वका १९९ देश, क्षेत्रहरुलाई यो महाव्याधिको चपेटाले लपेटिसकेको छ । ५ लाख ३१ हजारभन्दा बढीलाई संक्रमित  तुल्याएको र २४ हजार बढीको अकालमा ज्यान लिइसकेको यो भाइरसको प्रकोप अब युरोपबाट पनि फड्के हानेर अमेरिकालाई ग्रसित पार्दैछ ।


तर दुर्भाग्यको कुरा, कोरोनाभाइरसले निम्त्याएको महाव्याधिको प्रकोप युरोपमा विस्फोटन भएको छ । युरोपको इटाली, स्पेनमा महाविस्फोट, इरान, दक्षिणकोरिया, सिंगापुर लगायत विश्वका १९९ देश, क्षेत्रहरुलाई यो महाव्याधिको चपेटाले लपेटिसकेको छ । ५ लाख ३१ हजारभन्दा बढीलाई संक्रमित  तुल्याएको र २४ हजार बढीको अकालमा ज्यान लिइसकेको यो भाइरसको प्रकोप अब युरोपबाट पनि फड्के हानेर अमेरिकालाई ग्रसित पार्दैछ । यतिखेर विश्वका महाशक्ति राष्ट्र अमेरिकाका ८५,३७७ जनालाई संक्रमणले ग्रसित तुल्याएको छ, १२,९५ को ज्यान लिइसकेको छ । अमेरिका जस्तो क्षमता र प्रवृधिमा अग्रणी मुलुकमा समेत यो रोगका संक्रमितहरुमध्ये हालसम्म १८६८ जना मात्रै निको भएका छन् ।

चीनका विषयविज्ञहरुले बारम्बार चेतावनी दिएकै हुन् अमेरिकालाई, तर चीनविरुद्धको पूर्वाग्रहले ग्रसित अमेरिकाका शासकहरु, विशेषतः ट्रम्पले त्यसलाई कहिल्यै गम्भीरतापूर्वक सुन्ने काम गरेन । भाइरसविरुद्धको लडाइँमा विश्वसाझेदारीको अपील चीन र विश्व स्वास्थ्य संगठनले बारम्बार गरिरहँदा अमेरिकाको एक सूत्रीय एजेण्डा कोरोनाभाइरसलाई ‘ऊहान भाइरस’ वा ‘चिनियाँ भाइरस’ भनेर स्थापित गर्ने कोशिश रह्यो । कुनै पनि रोग, महामारी वा भाइरसलाई स्थान, देश वा जाति विशेषको नाममा बोलाइन नपाइने, त्यस्तो नाम राख्न नपाइने भनी विश्व स्वास्थ्य संगठनले स्पष्ट र किटानी रुपमा भनिसक्दा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यसलाई चिनियाँ भाइरस भनाएरै छाड्ने अन्धअहंकारबाट ग्रसित रहे । कतिपय अमेरिकी पत्रकारहरुले यो भाइरसविरुद्धको लडाइँमा तपाईं अमेरिकी जनतालाई आवश्वस्त तुल्याउन के सन्देश दिनुहुन्छ भनेर सोध्दा उल्टै ‘खराब प्रश्न, तिमी खराब पत्रकार हौ’ भनेर अत्यन्तै अहंकारी, एउटा राजनेताको आउनै नसक्ने खालका जवाफ दिएर आफ्नो बुद्धि र सोचको स्तरलाई प्रदर्शन गरे । चिनियाँ विज्ञ तथा पत्रकारहरुले त कतिसम्म भने भने, तिम्रा सरकारले लिएको नीतिका आधारमा कोरोनाको प्रकोपलाई रोक्न सम्भव छैन, त्यही भएर सेल्फ क्वारेन्टाइनको उपायहरु जनस्तरमै लागू गरिहाल । तर पनि त्यसलाई गम्भीरतापूर्वक लिने काम भएन, चीन फोवियाले ग्रसित तुल्याइएका अमेरिकी जनताले पनि त्यसलाई खासै सुनेको पाइएन ।

त्यसैको जम्मा प्रतिफल हो, अहिलेको भयावह, महाविस्फोट स्थिति, जसले अमेरिकालाई कोरोनासंक्रमितहरुको संख्याको आधारमा पनि सबैभन्दा अग्रपंक्तिमा उभ्याइदिएको छ ।

कुनै बेला आफूलाई धूलोपीठो पार्न अमेरिकाले लगाएको नाकाबन्दीको उफ्रिउफ्री समर्थन गर्ने इटाली, जो अहिले कोरोनाले भयंकर पीडित छ, लाई सहयोग गर्नको लागि क्यूबाले उच्च दक्षतायुक्त स्वास्थ्यकर्मीहरुको टोली पठाएको घटनाबाट विश्वले पाठ सिक्नु जरुरी छ ।


अहिलेको घटनाक्रमले सिकाएको पाठ के हो भने कोरोनाभाइरसको महामारी कुनै वादसिद्धान्त, आग्रहपूर्वाग्रहभन्दा परबाट सिर्जित समग्र मानवजातिमाथि मडारिएको एउटा भयानक खतरा हो । यो खतरासँग जुघ्नको लागि कुनै वाद सिद्धान्त वा आग्रह पूर्वाग्रहले ग्रसित भएर हैन, त्यसबाट बाहिर निस्केर, आफ्ना शक्ति, क्षमता र गच्छेअनुसार बलियाले निर्धालाई, हुनेले नहुनेलाई र सक्नेले नसक्नेलाई सघाउनु जरुरी छ । कोभिड–१९ को महाव्याधिबाट सक्षम र सबलहरु चाहिँ चोखै रहने, बाँकी नसक्नेहरु मात्रै पीडित हुने हैन भन्ने कुरा त अहिले अमेरिकाको दुर्दान्त दुर्दशाले पनि देखिइसकेको  छ । यस स्थितिमा आफू स्वयं कोरोनाको सबैभन्दा पहिले पीडित भएको देश चीनले विश्वका विभिन्न मुलुकहरुलाई गरिरहेको सहयोगबाट अमेरिकाले पाठ सिक्नु जरुरी छ । त्यसैगरी, कुनै बेला क्यूबालाई धूलोपीठो पार्न अमेरिकाले लगाएको नाकाबन्दीको इटालीले उफ्रिउफ्री समर्थन गरेको थियो । त ऊ आफैं अहिले  कोरोनाले भयंकर पीडित हुँदा अमेरिकाले पनि खासै सहयोग गर्न सकेको छैन । बरु हिजोको सबै तीतो भुलेर यो महाआपतकालमा संकटमा परेको इटालीलाई सहयोग गर्नको लागि क्यूबाले उच्च दक्षतायुक्त स्वास्थ्यकर्मीहरुको टोली पठाएको छ । यो घटनाबाट विश्वले पाठ सिक्नु जरुरी छ । नभुलौं, यो बेला भनेको एक अर्कामाथि दोष थोपरेर पानीमाथिको ओभानो बन्ने बेला हैन, यो बेला भनेको विश्व मानवजगत्माथि नै देखापरेको महासंकटलाई सबै मतभेद, मनभेदहरुलाई थाँती राखेर एकजुट हुँदै लड्ने बेला हो ।

Title Photo: https://foreignpolicy.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चन्द्र खाकी
चन्द्र खाकी
लेखकबाट थप