कालोबजारी गर्नेलाई कारबाही गर्ने विप्लव समूहको चेतावनी
धनकुटा – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेकपा जिल्ला समितिले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य बस्तुमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
नेकपाका जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाले बिज्ञप्ति जारी गर्दै कालोबजारी गर्नेलाई कारवाही गर्ने काममा सघाउँन जिल्लावासीलाई आग्रह गरेका छन् ।
‘कालोबजारी गर्नेलाई हाम्रो पार्टीको तर्फबाट सक्त कारबाही गर्ने जानकारी गराउँदै कालोबजारी गर्ने व्यक्तिको पहिचान गरी खबर गर्नुहुन अनुरोध छ ।’ बिज्ञप्तिमा भनिएको छ ।
यस्तो विपतको वेला ग्यास तथा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव सृजना गरी कलोबजारी हुँनसक्ने तर्फ सचेत रहन जिल्लावासीलाई विज्ञप्तिमार्फत आग्रह पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण