शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्पको तारिफपछि कोरोनाबारे बोले जिनपिङः हामीले पारदर्शिता देखायौं

शुक्रबार, १४ चैत २०७६, १३ : २७
शुक्रबार, १४ चैत २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको तारिफ गर्दै गरिएको ट्वीटपछि चीनको प्रतिक्रिया पनि आएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङको भनाई उद्धृत गर्दै सरकारी मिडियाले भनेको छ, ‘चीन र अमेरिका कोरोना भाइरसको लडाईंमा एकजुट छन् ।’

राष्ट्रपतिले चीनले सधैं कोरोना भाइरसको विषयमा पारदर्शिता अपनाएको बताएका छन् । जबकि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले भाइरसको विषयमा निकै ढिला गरी संसारलाई सुचित गरेको आरोप लगाएका थिए ।

राष्ट्रपति जिनपिङले भाइरससँग लड्नका लागि उनले अमेरिकालाई मद्दतको प्रस्ताव पनि गरेको बताउँदै अमेरिकाले त्यहाँ बसिरहेका चीनियाँ नागरिकको रेखदेखका लागि आवश्यक कदम उठाउने आशा पनि व्यक्त गरेका छन् ।

चीनले कोरोना भाइरसका संक्रमित लगातार बढिरहेको युरोपेली, एशियाली तथा अफ्रिकी देशमा सहायताका लागि समूह पठाइसकेको छ ।
ट्रम्पले केही बेर अघि चीनको तारिफ गर्दै ट्वीटरमा लेखे, ‘चीनले भाइरसको विषयमा निकै राम्रो बुझाई विकसित गरेको छ । हामी सँगै मिलेर काम गरिरहेका छौं । उच्च सम्मान ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप