इटलीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा संक्रमितको संख्या १ लाख नाघ्यो
शनिबार, १५ चैत २०७६, ०६ : ३०
कोरोना भाइरसका कारण इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ९ हजार १ सय ३४ पुगेको छ ।
वर्ल्डोमिटरका अनुसार यहाँ ५ हजार ९ सय ९ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ ।
उता अमेरिकामा संक्रमितको रेकर्डस्तरको वृद्धि भएको छ । १७ हजार २९ जना नयाँ संक्रमित देखिएपछि यहाँ कूल संक्रमितको संख्या १ लाख २ हजार ४ सय ६४ पुगेको छ ।
साथै यहाँ एकैदिन ३ सय १२ जनाको मृत्यु भएको छ । यससँगै मृततको संख्या १ हजार २ सय ७ पुगेको छ ।
अमेरिका कोरोना भाइरसको नयाँ ‘इपिसेन्टर’ बन्ने खतरा भएको विभिन्न विज्ञले चेतावनी दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्घाखाँचीमा टिपर दुर्घटना, चालक र सहचालक घाइते
-
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक
-
नेपाललाई जितका लागि ६० बलमा १४४ रन आवश्यक
-
एन्फा महासचिव राईमाथि कारबाहीको माग गर्दै खेलकुद मन्त्री समक्ष निवेदन
-
राष्ट्रियसभा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूलाई अध्यक्ष दाहालको निर्देशन
-
इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्यो माओवादीको पत्रकार सङ्गठनले कारबाही