मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

धुले पहिरोले बुुटवल पाल्पा सडक अवरुद्ध

शनिबार, १५ चैत २०७६, ०९ : ३९
शनिबार, १५ चैत २०७६

बुटवल – सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । 

धुले पहिरो खसेपछि बुटवल–पाल्पा सडकखण्डको केरावारी नजिकमा ढुंगा  सहितको पहिरोले सडक अवरुद्ध भएको हो । 

प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालय, बुटवलमा डिएसपी रामप्रकाश शाहले बाटो खुलाउने त्यसतर्फ टोली पुगेको बताए । यो सडक घुम्ती काटेर फराकिलो बनाउने काम भइरहेको  छ । 

केही दिनअघिदेखि परेको वर्षाले चिसो भएको जमिनमा तल्लो भागबाट खन्दा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ ।

डोजर र एक्स्काभेटरको प्रबन्ध गरेकाले दुई घण्टाभिर सडक खुलाउने तयारी रहेको प्रहरीले जनाएको छ । लकडाउन कारण सवारी साधान  नचलेपनि पहिरो खसेपछि खाद्यान्न ढुवानीका ट्रक, अत्यावश्यक कामले हिँडेकाहरु र एम्बुलेन्स समेत गुड्न नपाएको प्रहरीको भनाई  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप