कोरोना कोषमा सिद्धार्थ बैंकको ७० लाख सहयोग, हरेक प्रदेशलाई १० लाख दिने
काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंक लिमिटेडले ७० लाख सहयोग गरेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो ।
सिद्धार्थ बैंक लिमिटेडले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु १० लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।
देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रही आएको छ र बिभिन्न किसिमका सहयोग गर्दै आइरहेको बैंकले जनाएको छ ।
नेपाल सरकारले अनुराध गरेको आदेशलाई पुर्ण रुपमा पालना गर्दै बैंकले आफ्नो देशभरका बैंकका शाखाहरुबाट सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ भने बिश्वमा देखिएको यस बिशम परिस्थितसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसी प्रबिधि मैत्री सुविधाको उपयोग गर्न आफ्ना ग्राहकहरुसमक्ष आग्रह गरको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)