बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नखुलेको आकाश खुलेर आयो....

आइतबार, १६ चैत २०७६, १९ : २९
आइतबार, १६ चैत २०७६

काठमाडौँ । कोरोनभाइरस (कोभिड–१९) को महामारीले विश्वमा लाखौँको संख्यामा मानिसहरु संक्रमित भएका छन् भने हजारौँले ज्यान गुमाइसकेका छन् । यतिबेला यो महामारीबाट पूरै विश्व आक्रान्त छ । यसको संक्रमण नफैलियोस् भनेर विश्वको एक तिहाइ जनसंख्या यतिबेला लकडाउनमा छ ।

हालसम्म औषधी या खोप पत्ता नलागेको अवस्थामा कोरोनभाइरसलाई फैलिन नदिन मानिसहरु घरमै बस्न बाध्य छन् । सडक सुनसान छ । कार्यालयहरु बन्द छन् । उद्योग–कारखाना ठप्प छन् ।

कोभिड १९ को महामारीले मानिसलाई आक्रान्त बनाए पनि महामारीबीचको लकडाउनले प्रकृतिलाई भने केही राहत प्रदान गरेको छ । उद्योग तथा सवारी साधनहरु बन्द हुँदा हरितगृह ग्यास उत्सर्जनमा कमी आएको छ । धेरै प्रदुषण भएका सहरहरुमा विस्तारै प्रदूषणको स्तर घट्दै गइरहेको छ ।

विश्वकै प्रदूषित सहरहरुको सूचीमा रहेको राजधानी काठमाडौँमा पनि लकडाउनले वातावरणमा सकारात्मक प्रभाव पारेको देखिन्छ । काठमाडौँको हावामा यतिबेला धुलोका कणहरु निकै कम पाइन्छ । आकाश आजभोलि निलो देखिन्छ । नेपथ्यमा हिमालका पंक्तिहरु मुस्कुराउँदै राहतको श्वास फेरिरहेको आभास हुन्छ ।

हेरौँ प्रकृति मुस्कुराएपछिका केही तस्विरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप