शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माछा मार्ने क्रममा पर्वतमा खोलाले बगायो

सोमबार, १७ चैत २०७६, १७ : ०६
सोमबार, १७ चैत २०७६

पोखरा । माछा मार्ने क्रममा पर्वतमा एक जनालाई खोलाले बगाएको छ । हिजो राति करिब ११ बजेर ३० मिनेटको समयमा मोदी खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

मोदी गाउँपालिका ५ गिज्याङका ३६ वर्षिय दीपक खड्कालाई माछा मार्ने क्रममा खोलाले बगाएको हो । जिल्लाको मोदी गाउँपालिका २ सिमखेतस्थित मोदी खोलामा माछा मार्ने क्रममा खोलाले बगाएको प्रहरीले खुलाएको छ । 

खड्काले लगाएको कपडा पानीको भेलले बगाएर अन्दाजी ५० मिटर तल पुगुञ्जेलसम्म देखिएको उनी सँगै माछा मार्न गएका गणेश केसीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनको खोजी कार्य भई रहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप