शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनले राजस्व चुहावट हुन पाएन

मङ्गलबार, १८ चैत २०७६, १६ : ३८
मङ्गलबार, १८ चैत २०७६

काठमाडौं । लकडाउनका कारण राजस्व अनुसन्धान विभागका कर्मचारीले पनि फुर्सद पाएका छन् ।

 धेरैजसो कर्मचारीले घरबाटै काम गर्न थालेका छन् । विभागका महानिर्देशक दीर्घराज मैनाली अहिले राजस्व चुहावटका घटना नभएको बताउँछन् । 

‘आवतजावत र सीमा नाका नै बन्द भएपछि राजस्व चुहावट नभएको हो’, उनले भने । यद्यपि, पछिल्लो समय राजस्व  चुहावटमा कमी आएको विभागको दाबी छ । 

नेपालमा कोभिड १९ को संक्रमण रोक्न सरकारले चैत २५ गतेसम्मलाई लक डाउनको घोषणा गरेको छ  । जसले सम्पूर्ण क्षेत्र प्रभावित बनेको छ । अहिले होटल, कलकारखाना, हवाइ सेवा, यातायात सेवा ठप्प छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप