

एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिए ।
आरोपित राईले बेलकोटगढी, दुईपिपलकी युवतीलाई ललाईफकाई गत सोमबार राति त्रिशूली नदीको किनारमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार उजुरी दिएपछि पक्राउ गरिएको थियो ।
घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिकामा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।
घोडाघोडी–९ का २४ वर्षीय भुवन रावललाई सोही स्थानकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
बिहीबार राति करीब १ बजेतिर घरमा सुतिरहेका अवस्थामा घरको कोठामै आएर आफूलाई जबर्जस्ती करणी गरेको युवतीले जाहेरी दिएपछि अनुसन्धानका लागि रावललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ