बाग्लुङ, कैलाली र कञ्चनपुरमा र्यापिड टेस्ट गर्न काठमाडौँबाट हिँड्यो टोली
सोमबार, २४ चैत २०७६, १० : ३९
काठमाडौँ । काठमाडौँबाट स्वास्थ्य प्रावधिकसहितको टोली कोरोना संक्रमणको आशंका गरिएका बिरामीलाई ‘र्यापिड टेस्ट’ गर्नको लागि बाग्लुङ, कैलाली र कञ्चपुर हिँडेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्लुङ, कैलाली र कञ्चपुरमा ‘र्यापिड टेस्ट’ गर्ने निर्णयसँगै सोही अनुसार प्रावधिकसहितको टोली पठाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौँबाट गएको टोलीले त्यहाँका स्वास्थ्यकर्मीसँग समन्वय गरेर मंगलबारबाट ‘र्यापिड टेस्ट’ गर्ने काम गर्नेछ ।
र्यापिड टेस्ट’बाट कोरोना भएको व्यक्तिको पहिचान गर्न सकिने र पीसीआर विधिबाट पुनः परिक्षण गरेर हो की हैन भनेर पुष्टि हुनेछ । सरकारले तत्कालका लागि यी ३ जिल्लामा ‘र्यापिड टेस्ट’ गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर