बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलिउड फिल्म निर्माताकी छोरीमा देखियो कोरोनाभाइरको संक्रमण, पूरा परिवार क्वारेन्टिनमा

सोमबार, २४ चैत २०७६, १२ : ०९
सोमबार, २४ चैत २०७६

चेन्नई एक्सप्रेस र रा–वनजस्ता फिल्मका निर्माता करिम मोरनीकी छोरी शाजामा कोरोनाभाइसको संक्रमण पुष्टि भएको छ । त्यसपछि उनलाई मुम्बईको नानावटी अस्पतालमा आइसोलेशन वार्डमा भर्ना गरिएको छ र पूरा मोरानी परिवारलाई क्वारेन्टिनमा राखिएको छ । स्पटबोयको खबर अनुसार यो कुराको पुष्टि बीएमसीकी अधिकारी रेणु हंशराजले गरेकी हुन् ।

शाजाले विदेश यात्रा गरेकी थिइनन्ः

करिम मोरानीका अनुसार शाजा न त विदेश गएकी छिन् न नै विदेशबाट फर्किएका कुनै व्यक्तिसँगको सम्पर्कमा छिन् । यस्तोमा उनको कोरोनाभाइरस परीक्षण पेजेटिभ आउनु अचम्मको कुरा भएको उनी बताउँछन् । रिपोर्टका अनुसार शाजाको स्थिती स्थिर छ । परिवारले उनी चाँडै नै निक भएर घर फर्किने दाबी गरेका छन् । मोरानी परिवारका अन्य सदस्यको पनि कोरोनाभाइरस परीक्षण गरिनेछ ।

बलिउडमा दोस्रो घटनाः

बलिउडमा कोरोनाभाइरसको यो दोस्रो घटना हो । यसअघि ‘बेबी डल’ ‘चिटिया कलैया’ जस्ता गीतकी गायिकामा कोरोनाभाइरसको परीक्षण पोजेटिभ आएपछि लखनउको संजय गान्धी पोष्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्समा भर्ना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप