बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

मङ्गलबार, २५ चैत २०७६, १० : २४
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरेका छन् । 

प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । 

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री जोन्सनले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न गरेका प्रयासहरुको प्रशंसा गर्दै स्वास्थमा शीघ्र सुधारको कामना गरेका छन् । 

सोमबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका बेलायती प्रधानमन्त्री जोन्सन दश दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप