शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित

मङ्गलबार, २५ चैत २०७६, १३ : २९
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । कोभिड–१९ को संक्रमण जोखिमका कारण देश लकडाउनमा गएपछि यसअघि निर्धारित कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार एक सूचना प्रकाशित गर्दै परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो । 

पूर्वनिर्धारित कार्यतालिका अनुसार कक्षा १२ को परीक्षा वैशाख ८ गतेदेखि र कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि हुने तय थियो । 

परीक्षा स्थगित भएसँगै बोर्डले सबै प्रदेशका परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोही बमोजिम गर्न तथा गराउन समेत निर्देशन दिएको छ । 

विद्यार्थी अभिभावक लगायत सम्पूर्ण नागरिकहरु यस संक्रमणको महामारीबाट जोगिनको लागि सावधानीपूर्वक रहन र सामाजिक दूरी कायम गर्न अनुरोध गर्दै बोर्डले विद्यार्थीलाई घरमै बसेर परीक्षाको तयारी गर्न समेत अनुरोध गरेको छ । 

हालको संक्रमणकालीन अवस्थामा सुधार भइ जनजीवन सामान्य अवस्थामा फर्कनेवित्तिकै परीक्षाको नयाँ तालिका प्रकाशित गरेर जानकारी गराइने बोर्डले स्पष्ट पारको छ।  यसअघि बोर्डले पूर्वनिर्धारित एसईई परीक्षा पनि स्थगित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप