लिग रद्द भए लिभरपुललाई उपाधि
युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफेरिनले इङ्लिस प्रिमियर लिग रद्द भएका लिभरपुलले उपाधि जित्ने बताएका छन् । कोरोना भाइरसका कारण स्थगित भएको प्रिमियर लिग पुनः सञ्चालन हुनेमा शंका उब्जिएको छ ।
अध्यक्ष सेफेरिनले लिग सुचारु हुन नसक्दा लिभरपुल स्वत उपाधिको दावेदार रहेको बताए । ‘प्रिमियर लिग स्थगित हुँदा लिभरपुल नै दावेदार हो । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा २५ अंकले माथि रहेको लिभरपुललाई उपाधि दिँदा उचित हुन्छ । यदि लिग सुचारु भएका लिभरपुललेनै उपाधि जित्ने पक्का छ । मेरो विचारमा कुनैपनि पाटोबाट लिभरपुललाई उपाधिविहिन बनाउन मिल्दैन,’ सेफेरिनले भने ।
सन् १९९० पछि पहिलो पटक उपाधि मुखमा रहेको लिभरपुललाई कोरोना भाइरसका कारण लिग रोकिँदा सबैभन्दा पिर परेको छ । ३० बर्षपछि लिग च्याम्पियन बन्ने योजनामा रहेको लिभरपुललाई लिग सुचारु भए तीन खेल जिते पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ