बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरससँग लड्न इरानले माग्यो पाँच अर्ब डलर ऋण

बुधबार, २६ चैत २०७६, १३ : ५१
बुधबार, २६ चैत २०७६

इरानका राष्ट्रपति हसन रुहानीले बुधबार कोरोनाभाइरसँग लड्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पाँच अर्ब डलर आपतकालीन कोष प्रदान गर्न अपिल गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रुहानीले मन्त्रीपरिषद्को बैठकमा भने, ‘म अन्तर्राष्ट्रिय संगठनलाई आफ्नो जिम्मेवारी निभाउन अपिल गर्छु । हामी आईएमएफका सदस्य हौं । ऋण दिँदा कुनै पनि प्रकारको भेदभाव हुनुहुँदैन ।’

इरानी राष्ट्रपतिले अमेरिकाको तर्फबाट लगाएको प्रतिबन्धको पनि निन्दा गरेका छन् । यसलाई उनले ‘आर्थिक र चिकित्सा आतंकवाद’ को संज्ञा दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप