शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘लकडाउन’मा पत्रकार भन्दै प्रहरीलाई झुक्याउने पक्राउ

बुधबार, २६ चैत २०७६, १५ : ५८
बुधबार, २६ चैत २०७६

दाङ । लकडाउनको समयमा  ‘पत्रकार हुँ’ भन्दै हिँड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१७ का १८ वर्षीय मेघराज सुनार रहेका छन् । 

पत्रकार भन्दै बा ८७ प १००६ नम्वरको मोटरसाइकलमा हिँडिरहेका सुनारलाई दाङ प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले बताए । 

रिपोर्टस क्लब दाङको रिपोर्टर भनि खिमबहादुर डिसीको नाममा रहेको परिचय पत्र देखाएर प्रहरीलाई झुक्याउदै हिँडेका सुनारलाई पक्राउ गरी इप्रका तुलसीपुरमा डीएसपी खड्काले जानकारी दिए । 

तुलसिपुर–घोराही सडकखण्डको हात्तिखौवाबाट पक्राउ परेका सुनारलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप