बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

कोरोना युद्धका शहीदहरु

विहीबार, २७ चैत्र २०७६, ०० : ४५
विहीबार, २७ चैत्र २०७६

नआउनु बिना सूचना आइहाल्यो, अब घण्ट बजाएर वा थाल ठटाएर कोरोना आतङ्क भाग्नेवाला छैन । यसरी भाग्ला भन्ने मिथ्या विश्वास त अन्धमति मोदीको हो । मानव इतिहासमा यस्ता आपत पहिले अनेक आएका हुन्, पछि पनि आउन नछाड्लान् । पहिलेका आपत मानिसले लडेर जित्यो, अहिले पनि जित्ने लडेरै हो । ढङ्गको होस् वा बेढङ्गको, संसारभरि क्रूर कोरोनासँग मानिसको भीषण युद्ध चल्दो छ । लड्दालड्दै यो भाइरस सल्केर दिनानुदिन थुप्रो मानिस मरिहेछन् । मृत्युको यो भयावह चक्रमा म मरुँला, तपाईं मर्नु होला र घैँटे मर्ला । तर मानिस मरेर सकिँदैन । यो युद्धमा मानिसले मानिसको बीउ जोगएरै छाड्छ । आखिर मानिसको बीउ जोगाउने को हुन् ती वीर–वीराङ्गनाहरु ? ती मूलतः शहीद हुन् ।


देवकोटाले कविताको भाकामा आफैँलाई सोधे– खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? र, बूढाले आफैँ आफूलाई जवाफ दिए– आफू मिटाई अरूलाई दिनु जाहाँ छ । बस्, जीवनमा सुख अरूलाई बचाउन आफू मर्नु र मेटिनुमा छ । जीवनमा सुख मानव जीवनमा स्वतन्त्रताको ज्योति बाल्न आफू बलि चढ्नुमा छ । जो यसरी मर्छ, त्यो शहीद हो । जो यसरी बलि चढ्छ, त्यो शहीद हो । कोरोना युद्धका आफ्नै शहीदहरु छन् ।


जीवनमा सुख के हो ? जीवनमा नित्य उठिरहने प्रश्न हो यो । यो प्रश्न लक्ष्मीप्रसाद देवकोटाको पनि हो । सत्तासीन कमिसनभक्षी भन्ला– जीवनमा सुख खानु हो । विमान खानु, सुन खानु, स्वास्थ्यकर्मीको रक्षाकबज खानु, जल खानु, जमिन खानु, जङ्गल खानु । र, सकिने भए कोरोनासँग मितेरी साइनो गाँसेर भाइरस सङ्क्रमित मृत्युमुखी जनहरुको जीवन नै... । तर लोकका विवेक नगुमेका, इमान नडगेका र श्री नझुकेका जनको सुखको परिभाषा बेग्लै छ । देवकोटाले कविताको भाकामा आफैँलाई सोधे– खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? र, बूढाले आफैँ आफूलाई जवाफ दिए– आफू मिटाई अरूलाई दिनु जाहाँ छ । बस्, जीवनमा सुख अरूलाई बचाउन आफू मर्नु र मेटिनुमा छ । जीवनमा सुख मानव जीवनमा स्वतन्त्रताको ज्योति बाल्न आफू बलि चढ्नुमा छ । जो यसरी मर्छ, त्यो शहीद हो । जो यसरी बलि चढ्छ, त्यो शहीद हो । कोरोना युद्धका आफ्नै शहीदहरु छन् । यो युद्धको अतिशय निर्मम र अथाह पीडादायी चक्रमा विविध र बहुल शहीद हुनेछन् । यहाँ भने म केवल डाक्टर र नर्स महलका एकाध शहीदको चर्चा गर्छु ।

कोरोना भाइरस चीनको उहान महानगरीमा देखियो । देख्यो कसले ? यो देख्ने मनुवाको आफ्नै कथा छ । र, त्यो कथामा यिनको आफ्नै व्यथा छ । यो व्यथाका भुक्तभोगी ली वेनलियाङ उहानमा कार्यरत डाक्टर थिए । उमेर थियो उनको जम्मा ३४ वर्ष । उनका अगाडि उनको लामो जीवन बाँकी थियो । जीवनमा उनलाई धेरै कुरा गर्नु थियो । धेरै कुरा देख्नु थियो । र, गरेका र  देखेका अनभुवहरुको सार मथेर लोकलाई सुनाउनु थियो । तर उनको जीवन ३४ वर्षमै सकियो । उनी मारिए, उनी मेटिए । आफू मरेर र मेटिएर उनले अरूलाई अन्धकारमा प्रकाश दिए, आपतकालमा साहस दिए ।

ली वेनलियाङ https://www.theamericanconservative.com

महिना दिनभित्रै महामारी व्याप्त भयो । लीको चेतावनी सत्य ठहरियो, हुर्मतकारी सत्ताको नूर गिर्‍यो । तर के लाग्छ, ली आफैँले पत्ता लगाएको भाइरसको आफैँ सिकार भए । मानौँ त्यसले उनीसँग साटो फेर्‍यो । उनले मृत्यु शय्याबाट विश्वभरिका सहधर्मीहरूलाई आफ्नो अनुभव बताए । विडम्बनावश, जसले उनलाई अपराधको बात लाएर पक्राउ गरेको थियो, उसैले उनलाई कोरोना युद्धको शहीद घोषणा गर्‍यो ।


लीले एक दिन भने– मैले नयाँ भाइरस देखेँ । मानव जीवनमा उपद्रो मच्चाउन सक्ने भाइरस । हाहाकार मच्चाउन सक्ने भाइरस । जुक्ति र बुद्धिले साहस र धैर्यसाथ नलडे मानव जाति ठूलै सङ्कटमा पर्नसक्ने भाइरस । कुरा ‘समाजवादी’ चीनको थियो । वास्तवमा समाजका लागि समाजवाद नभएको, शासकका लागि सर्वसत्ता भएको चीनको । त्यसैले लीले यी कुरा प्रतीकात्मक ढङ्गले भने हुनन् । हो कि होइन जस्तो गरी । यसो वा उसो अर्थ लाउन मिल्ने गरी । लीले असल मनसायले साङ्केतिक भावमा यो चेतावनी दिनु मात्र के थियो उनलाई प्रहरीले झ्याप्प पक्राउ गर्‍यो । प्रहरीको लोकले नदेख्ने र नसुन्ने अँध्यारो छिँडीमा उनी थुनिए । उनीसँग सायद कडा केरकार गरियो  । उनलाई भाइरस–भाइरस भनेर अफबाह फैलाएको आरोप लाग्यो । कतैका कसैको भड्काउकारी दलाल भएर पो यसले नहुँदो कुरो भन्यो कि ? सके केरकारेका चित्तमा यस्तो संशय पनि पैदा भयो होला । सत्ताले जे सिकाएको छ, जानिने र गरिने अदिने त्यही त हो ।

नानाओली बन्देजयुक्त बन्द समाजको शासक जहिले पनि र जहाँ पनि आफूलाई सर्वज्ञानी ठान्छ । कला उही जान्दछ, विज्ञानमा उही पोख्त हुन्छ । र, उग्र दम्भका साथ ऊ सोच्छ– हरेक मानिसले केही भन्नुअघि नतमस्तक भई मेरो आदेश मागोस् । लीले आदेश मागेनन् । सूक्ष्म अवलोकन, वस्तुनिष्ठ विश्लेषण र पत्यारिलो परीक्षणबाट प्राप्त जानकारी लोकलाई सुनाउन शठ शासकको आदेश किन मान्ने ? सायद उनले बागी मुद्रामा यसरी सोचे हुनन् । तर ख्यालख्यालमै झ्याल पर्‍यो । उनी निरङ्कुश सत्ताको आइसोलेसनमा प्याकिसबन्दी भए ।

महिना दिनभित्रै महामारी व्याप्त भयो । लीको चेतावनी सत्य ठहरियो, हुर्मतकारी सत्ताको नूर गिर्‍यो । तर के लाग्छ, ली आफैँले पत्ता लगाएको भाइरसको आफैँ सिकार भए । मानौँ त्यसले उनीसँग साटो फेर्‍यो । उनले मृत्यु शय्याबाट विश्वभरिका सहधर्मीहरूलाई आफ्नो अनुभव बताए । विडम्बनावश, जसले उनलाई अपराधको बात लाएर पक्राउ गरेको थियो, उसैले उनलाई कोरोना युद्धको शहीद घोषणा गर्‍यो । हो, उनी शहीदहरु मध्येका श्रेष्ठ शहीद हुन् । त्यसैले उनी मानिए कोरोना युद्धका अग्रदूत र प्रेरणाका एक अब्बल दृष्टान्त ।


डेनिला ट्रेन्जी । https://vid.alarabiya.net

डेनिला कोरोना आतङ्कपीडित त्यही क्षेत्रमा नर्स थिइन् । एक स्वास्थ्य टोलीकी मूली थिइन् उनी । कोरोना युद्धमा उनी यसरी लडिन्, सङ्क्रमित जनको जीवनरक्षा उनको एक मात्र ध्याउन्ना बन्यो । स्वास्थ्यकर्मीको  सुरक्षाका साधन गतिला थिएनन् । तथापि आफ्नो सुरक्षाको उनलाई न कहिल्यै चासो भयो न चिन्ता । त्यसो त हर्दम कोलाहल र चित्कार व्याप्त भएको मृत्युको त्यो उपत्यकामा आफ्नोबारे सोच्ने फुर्सद नै उनलाई कहाँ थियो र ? दुर्भाग्यवश, करुणा र सेवाभावकी प्रतिमूर्ति डेलिनालाई ज्यानमारा भाइरसको सङ्क्रमणले गाँज्यो ।


अर्की शहीद हुन्, डेनिला ट्रेन्जी । उमेर उनको पनि चौँतीसै वर्ष । इटलीको उत्तरी भेग लोम्बार्दीको नाम जब सुनिन्छ, भय र करुणाले सुन्नेको हंस हल्लिन्छ, हृदय द्रवीत हुन्छ । जो जहाँसुकैको होस्, लोम्बार्दीको हारगुहार, चित्कार र विलापले उसलाई अबाक् तुल्याउँछ, हतप्रभ तुल्याउँछ, त्यसैत्यसै विह्वल तुल्याउँछ । डेनिला कोरोना आतङ्कपीडित त्यही क्षेत्रमा नर्स थिइन् । एक स्वास्थ्य टोलीकी मूली थिइन् उनी । कोरोना युद्धमा उनी यसरी लडिन्, सङ्क्रमित जनको जीवनरक्षा उनको एक मात्र ध्याउन्ना बन्यो । स्वास्थ्यकर्मीको  सुरक्षाका साधन गतिला थिएनन् । तथापि आफ्नो सुरक्षाको उनलाई न कहिल्यै चासो भयो न चिन्ता । त्यसो त हर्दम कोलाहल र चित्कार व्याप्त भएको मृत्युको त्यो उपत्यकामा आफ्नोबारे सोच्ने फुर्सद नै उनलाई कहाँ थियो र ? दुर्भाग्यवश, करुणा र सेवाभावकी प्रतिमूर्ति डेलिनालाई ज्यानमारा भाइरसको सङ्क्रमणले गाँज्यो । र, उनले आत्महत्या गरिन् । उनको आत्महत्या चरम निराशा र हतासको नतिजा किमार्थ थिएन । त्यो त बरु उदात्त मानवीय भावना र विरल उत्सर्गको नतिजा पो थियो । आत्महत्या गर्नुअघि डेनिलाले लोकलाई सानो इच्छापत्र अर्पण गरिन्, जसमा लेखिएको थियो, ‘अरू धेरैको ज्यान बचाउन मैले आफ्नै जीवन अन्त्य गर्ने निधो गरेँ । यो मेरो भूल भए माफ पाऊँ । मेरा समस्त प्रियजन, अलबिदा ।’ डेनिलालाई मर्दामर्दै पनि बाँकी जिउँदाहरु नमरून् भन्ने चिन्ता थियो । गहिरो मानवीय  चिन्ता !

आयो कुरा अब अर्का शहीद डा. अब्दुलको । उनी थिए इन्डोनेसियाका कुशल एवं असल डाक्टर । कोरोना युद्धको जोखिमपूर्ण अग्रमोर्चाका उनी खास्साका योद्धा थिए । यता उनलाई सङ्क्रमित बिरामीको उद्धार र उपकारको चिन्ता थियो । उता उनलाई घरका प्रियजनलाई आफूबाट कोरोना सर्ला कि भन्ने डर थियो । त्यसैले उनी अस्पतालमा अहोरात्र सेवा गर्थे, त्यहीँ खान्थे, त्यहीँ सुत्थे । एक दिन दुष्ट कोरोनाले उनको ज्यानमाथि विषाक्त तरबार उज्यायो । डा. अब्दुललाई लाग्यो– अब म पक्कै मर्ने भएँ । उनी उदास सुस्केरा हाल्दै घर गए । उनी घरको मूलद्वार बाहिर उभिए । उनले भित्र आफ्ना दुई चिचिला बालकलाई हेरे, दोजिया पत्नीलाई हेरे । न उनी केही बोले, न प्रियजनले ओठ खोले । तिनका बीच केवल निःशब्द हेराहेर भयो । हृदयको वेदना र बिलौना व्यक्त गर्ने शब्द तीसँग भएनन् । मनमा शब्दातीत चिन्ता र मङ्गल कामना लिएर डा. अब्दुल अस्पताल फर्के र उनले एकाध दिनपछि सदाका लागि जीवन बिसाए ।


डा. अब्दुललाई लाग्यो– अब म पक्कै मर्ने भएँ । उनी उदास सुस्केरा हाल्दै घर गए । उनी घरको मूलद्वार बाहिर उभिए । उनले भित्र आफ्ना दुई चिचिला बालकलाई हेरे, दोजिया पत्नीलाई हेरे । न उनी केही बोले, न प्रियजनले ओठ खोले । तिनका बीच केवल निःशब्द हेराहेर भयो । हृदयको वेदना र बिलौना व्यक्त गर्ने शब्द तीसँग भएनन् । मनमा शब्दातीत चिन्ता र मङ्गल कामना लिएर डा. अब्दुल अस्पताल फर्के र उनले एकाध दिनपछि सदाका लागि जीवन बिसाए ।


यी भए अनेकमध्येका तीन मृत शहीदहरु । कोरोना युद्धको अग्रमोर्चामा जिउँदा शहीद कति छन् कति ! त्यस्ती एक शहीद हुन्— क्रिस्टियन कल्डेरोन । उनी हुन् न्युयोर्कको कोलम्बिया अस्पतालकी एक असाधारण नर्स, घर न्युजर्सी । उनको घरबाहिर ‘वारिअर’ लेखिएको छ, जसको साङ्केतिक अर्थ हो– म अग्रिम मोर्चाकी योद्धा हुँ । अस्पतालमा उनको रातिको पालो छ । उनी साँझपख घरबाट हिँड्छिन् । मुखमा मास्क, आँखामा आँसु, दुई कलिला छोराछोरीलाई हात हल्लाएर बाईबाई । के थाहा, क्रिस्टियनको ‘बाई बाई’ सदाका लागि अलबिदा पो हुने हो कि !

क्रिस्टिन अस्पतालको सघन कक्षका नर्सहरुकी नायिका हुन् । उनको दी इन्डेपेन्डेन्ट पत्रिकासँगको अन्तरवार्तामा अस्पतालका मेडिकल स्टाफ र बिरामीहरुकोे दैनिकीको हृदयविदारक वर्णन छ । क्रिस्टियन १२ वर्षदेखि सघन उपचार कक्षमा छिन् । उनी भन्छिन्, अचेल उनलाई जे पनि बिरानो लाग्छ । समय बिरनो, सन्दर्भ बिरानो, समस्या बिरानो, आफैँ आफ्ना लागि बिरानो । चालीस वर्षकी क्रिस्टियनलाई आफ्नो अस्पताल आफ्नोजस्तो लाग्दैन । त्यो कताकता बिरानो देशको जस्तो लाग्छ, जहाँ जे भइरहेछ, कहिल्यै नसोचेको, नदेखेको, नभोगेको भइरहेछ । सब विकराल र बीभत्स ! सघन उपचार कक्षमा सिकिस्त सङ्क्रमितहरु खचाखच छन् । त्यहाँ तिनको सुनिनसक्नु चित्कार छ । कक्षको एउटा ढोकाबाट जिउँदो सङ्क्रमित आउँछ, अर्को ढोकाबाट शव बाहिर जान्छ । यो क्रम नित्य चलिरहन्छ । बाहिर भेन्टिलेटर जडित एम्बुलेन्स बिरामी लिएर आउँछ, फ्रिजजडित ट्र«क शव लिएर जान्छ । ओसार–पसार अटुट चलिरहन्छ । प्रियजनहरु अन्तिम पटक मृतकका मुख हेर्न पाउँदैनन् । त्यो अस्तव्यस्तता, त्यो कोलाहल र त्यो विक्षिप्त मनोदशामाझ केको मुख हेर्न पाउनु ? एक ट्रक शवहरु हत्तपत्त धर्तीमुनि सेलाइन्छन् । र, लगत्तै अर्को छिमल शवको पालो आउँछ ।

सङ्क्रमितहरु बढ्दा छन्, स्वास्थ्यकर्मीको रक्षा कवच र भेन्टिलेटरको कमी खट्किँदो छ । डाक्टरलाई स्वविवेकीय निर्णय गर्ने हक प्रदान गरिएको छ । कसलाई दुर्लभ भेन्टिलेटरमा राख्ने हो तिमी नै निधो गर । यसको अर्थ हो– भेन्टिलेटर नपुग्नेलाई बाहिरै मर्न देऊ । भेन्टिलेटर माग्दा सनक सिं ट्रम्प भन्छन्– थुपारेर लुकाएका छौ, अझ माग्छौ ? कालत्र दिइन्न । राष्ट्रको अभिभावक भनिने जीवात्को त्यो वचन सुन्दा क्रिस्टियनलाई ट्रम्पतिर धारे हात लाउँदै सारा दुनियाँले सुन्ने गरी क्वाँक्वाँ रुन मन लाग्छ ।


क्रिस्टियन कल्डेरोन । https://www.independent.co.uk

जब आफ्नै सहकर्मी सङ्क्रमित भई भर्ना हुन्छन्, क्रिस्टियनलाई असह्य हुन्छ । सँगै काम गरेको अन्तरङ्ग सहकर्मी आफ्नै आँखासामुु मरिरहेछ । निरुपाय क्रिस्टियन असहाय दृष्टिले हेर्छिन् र बिरामीका आँखा छलेर आँसु पुस्छिन् । उनी भन्छिन्– पलपल मरिरहेका ती मसँग यस्तो वाचा गरिमाग्छन्, जो म पूरा गर्न सक्दिनँ । वाचा के हो उनी भन्दिनन् । त्यो अप्रकट वाचा मृत्युपछि टाढैबाट भए पनि प्रियजनहरुलाई मेरोे मुख हेर्न देऊ भने होला सायद ।


जब आफ्नै सहकर्मी सङ्क्रमित भई भर्ना हुन्छन्, क्रिस्टियनलाई असह्य हुन्छ । सँगै काम गरेको अन्तरङ्ग सहकर्मी आफ्नै आँखासामुु मरिरहेछ । निरुपाय क्रिस्टियन असहाय दृष्टिले हेर्छिन् र बिरामीका आँखा छलेर आँसु पुस्छिन् । उनी भन्छिन्– पलपल मरिरहेका ती मसँग यस्तो वाचा गरिमाग्छन्, जो म पूरा गर्न सक्दिनँ । वाचा के हो उनी भन्दिनन् । त्यो अप्रकट वाचा मृत्युपछि टाढैबाट भए पनि प्रियजनहरुलाई मेरोे मुख हेर्न देऊ भने होला सायद ।

यो क्रम कहिलेसम्म चल्ने हो ? स्थिति योभन्दा खराब हुँदा त्यो कस्तो हुने हो ? यो कल्पना मात्रले पनि क्रिस्टियनलाई अत्यास लागेर आउँछ । यो अन्तको होइन, अमेरिकाको विदीर्ण कथा हो । जगत्को सर्वशक्तिमान्, सर्वधनवान् र सर्वसाधनवान् मानिएको अमेरिकाको कथा । अमेरिकामा राइफल र गोलीगठ्ठाको चाङ छ, मास्क छैन । अमेरिकामा युद्धक विमान र पनडुब्बीहरुको चाङ छ, स्वास्थ्यकर्मीको रक्षाकवच छैन । अमेरिकामा ट्याङ्कहरुको लावालस्कर छ, भेन्टिलेर छैन । र नै त नोम चोम्स्की भन्छन्— भेन्टिलेटरको अभावमा नव उदार पुँजीवादको अनुहार कति राम्ररी देखिएको !

अँ, केही कुरा फेरि क्रिस्टियनकै । बाह्र घण्टाको ड्युटीपछि उनी घर आउँछिन् । नुहाउँछिन्, लुगा फेर्छिन्, मास्क लाउँछिन् र कलिला छोराछोरीदेखि अलग्गै बस्छिन् । मास्क लाएका छोराछारी ममतामयी अङ्कमाल र न्यानो चुम्बनको न्यास्रो मान्दै आमालाई ट्वाल्ल परेर हेर्छन् । त्यो मर्मान्तक क्षणमा क्रिस्टियन छोराछोरीका आँखा र कान छलेर धुरुधुरु रुन्छिन् ।

जब चिन्ता र धपेटीले शिथिल भई जब क्रिस्टियन अस्पताल जान असमर्थ हुन्छिन्, उनलाई गहिरो ग्लानिबोध हुन्छ । सहकर्मीहरु उता जिउँदाहरुलाई बचाउन खोज्दै मृतकहरुलाई हेरेर स्तब्ध भइरहेका होलान्, यता म यसरी कर्तव्यबाट च्यूत भएकी छु । यो असम्भव छ । बस्, उनी सकी नसकी घिसारिँदै ड्युटीमा सामेल हुन्छिन् । र, उनी दृढ सङ्कल्प गर्छिन्– मरे यहीँ मर्छु, बिरामीहरुलाई मर्न छाडेर युद्धमोर्चाबाट म किमार्थ भाग्दिनँ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप