शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना कहरः फोर्ब्सको सूचीबाट १२ दिनमा २२६ धनाढ्य बाहिरिए, मुकेश अम्बानी १३ बाट २१ औं स्थानमा झरे

शुक्रबार, २८ चैत २०७६, ०९ : १३
शुक्रबार, २८ चैत २०७६

कोरोनाभाइरसको कहरले संसारभरीका अर्बपती पनि बच्न सकेका छैनन् । बिहिबार जारी फोर्ब्स २०२० को सूची अनुसार १८ मार्चको सूचीलाई अन्तिम रुप दिने बेलासम्म यसमा २ हजार ९५ अर्बपती अटाएका थिए । यो आँकडामा एक वर्ष अघिको तुलनामा ५८ धनाढ्य कम छन् । यस्तै, १२ दिन अघि सूची तयार गर्ने सुरुवाती चरणको तुलनामा अहिले २ सय २६ जना धनाढ्य कम भएका छन् । अर्थात्, १२ दिनभित्र २ सय २६ अर्बपतीको सम्पत्ति यति कम भयो कि उनीहरु फोर्ब्सको सूचीबाट बाहिरिएका छन् ।

सूचीबाट यो पनि खुलासा भएको छ कि यसपटक २ हजार ९५ अर्बपतीमधये ५१ प्रतिशत (१,६२) को सम्पत्ति घटेको छ । वर्तमान समयमा अर्बपतीहरुको कूल सम्पत्ति ८ ट्रिलियन डलर छ । यो सन् २०१९ को तुलनामा ७ सय अर्ब डलरको कमी हो । आउनुहोस्, संसारभरीका शीर्ष उद्योगपतिको स्थितीबारे जानकारी लिऔं ।

जेफ बेजोसः घट्यो सम्पत्ति

अमेजनका मुख्य कार्यकारी अधिकारी लगातार तेस्रो वर्ष शीर्ष स्थानमा परेका छन् तर उनको सम्पत्ति १८ अर्ब डलर घटेको छ । यो वर्ष उनले श्रीमती म्याकेजीलाई सम्बन्धविच्छेदपछि ३६ अर्ब डलर दिए । उनी यो सूचीमा २२ औं स्थानमा छिन् ।

बिल गेट्सः स्थान बचाए

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स दोस्रो स्थानमै छन् । यद्यपि, उनको सम्पत्ति ९६.७ डलरबाट बढेर ९८ अर्ब डलर पुगेको छ ।

बर्नार्ड अर्नाल्टः बफेटभन्दा माथि

गत वर्ष चौथो स्थानमा रहेका बर्नार्डले वारेन बफेटलाई चौथो स्थानमा धकेलेर एक स्थान माथि चढेका छन् । उनको सम्पत्ति न घटेको छ न बढेको छ । यद्यपि, बफेट पहिलो पटक आफ्नो स्थानबाट ओर्लिएका हुन् ।

मुकेश अम्बानीः सम्पत्तिमा कमी

रिलायन्स इन्डष्ट्रिका एमडी गत वर्ष ५० अर्ब डलरसहित १३ औं स्थानमा थिए । जियोको सफलतापश्चात् पनि उनको सम्पत्ति ५.७ अर्ब डलर घटेको छ । यससँगै उनी १३ औं स्थानबाट २१ औं स्थानमा झरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप