मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्समा २४ घण्टाभित्र ९८७, बेलायतमा ९८० को मृत्यु

शनिबार, २९ चैत २०७६, ०७ : १६
शनिबार, २९ चैत २०७६

फ्रान्समा एकै दिनभित्र ९ सय ८७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १३ हजार १ सय ९७ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ७ हजार १ सय २० नयाँ संक्रमित देखिएका थिए । हालसम्म संक्रमितको कूल संख्या १ लाख २४ हजार ८ सय ६९ पुगेको छ ।

संक्रमितमध्ये ७ हजार ४ जनाको अवस्था चिन्ताजनक छ । हालसम्म यहाँ २४ हजार ९ सय ३२ जना निको भइसकेका छन् ।

उता बेलायतमा पनि पछिल्लो २४ घण्टामा ९ सय ८० जनाको मृत्यु भएको छ । यससँगै यहाँ कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ५८ पुगेको छ ।

साथै एकैदिन ८ हजार ६ सय ८१ नयाँ संक्रमित थपिएसँगै हालसम्म कूल संक्रमितको संख्या ७३ हजार ७ सय ५८ पुगेको छ ।

यहाँ १ हजार ५ सय ५९ संक्रमितको अवस्था नाजुक छ भने निको हुनेको संख्या ३ सय ४४ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप