कोरोना करामत

दाह्रा नङ्ग्रा फिजाउँदै त्यो आयो, उत्तर वुहानबाट।
भाइरस हो कि दैत्य हो निस्क्यो, जैविक चिहानबाट।।
थाहै नदिइ पसेर शरीर लठ्याउँदै, हप्तौं बस्यो छिपेर।
जब सलबलायो स्वासभित्र त्यो, दर्जनौं लग्यो टिपेर।।
फैलियो क्षणभरमै भुसको आगो सरि फुसफुस गरेर।
तत्काल साम्राज्य जमायो जगमा, रमायो खुसखुस गरेर।।
कसोगरी भो उदय यसको, होला विनाश कसरी।
रन्थनियो मानव जगत भयले, सुनामी आए जसरी।।
टाँसिदै धातु, लत्ता र शरीरमा, निस्क्यो खोलेर चार दिवार।
जब डंका पिट्यो पुगेर गन्तव्यमा ,भए त्रसित सारा बिचरा।।
कोपिला झार्यो,फूल चुड्यो बैँसमै,अहो! फलेको वृक्ष ढाल्यो।
फैलियो देश देशान्तर पूरा त्यो, धर्ती नंग्याउन थाल्यो।।
देश हारे दुनियाँ हारे हदैसम्म, हारे धर्म भीरुहरु।
हामफाले जोगाउन ज्यान अरुको,महान आत्माहरु।।
के गर्छौ रबाफ अणु अस्त्रको व्यर्थै,लुक्छौ जीवाणु देखि डराई।
थाहा हुनु पर्ने हो अब त जन हो को आफ्नो को हो पराई।।
बैज्ञानिकहरु थकित भए यसको,खोजेर अन्त्य समाधि।
छोड जानेर अब त मूर्ख हो,अणुअस्त्रको होडबाजी।।
आखिरी डरलाग्दो रहेछ मृत्युको,नराख वैभव अबता
हेर निलिसक्यो तिम्रो साम्राज्य क्षणमै, अनि रोमन सभ्यता।।
कर्तव्यबिमुढ भै घरभित्र लुकि सारा, झ्यालबाट बाहिर चियाउँछन्।
त्यान्द्रो बोकेर आशाको भोकमा,सामल कोही लिइ आउँछन्।।
बाहिर हेर्यो त्राहिमाम भै डरले,देखिन्छ सबतिर त्यही दुष्ट।
जितेका थें लडाइँ एक्लैले पनि निर्भिक,साहसी भै एकजुट।।
जुध्नुछ लिएर साहस मनमा जब्बर ,पापी कोरोनासँग।
प्रतिरक्षा प्रणाली बढाउ हिम्मत लिइ,फेरिनेछ जिवनको रङ्ग।।
तातोपानी खानु बेसार मिसाइ,घरबाहिर ननिस्कनु।
होस गरे जितिनेछ यसलाई, बेहोसीमा कतै नछोइनु ।।
हाल-दक्षिण कोरिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प र पुटिनको ‘युक्रेन शान्ति योजना’ले युरोप स्तब्ध
-
भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या
-
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै
-
सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा
-
पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’
-
जारी सिजनमा आर्सनललाई धक्का, स्ट्राइकर ह्याभर्ट्जको शल्यक्रिया हुने