शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ भन्दा कम खतरनाक छैन सामाजिक लाञ्छना

नेपाल सरकारले आफ्नै नागरिकलाई विदेशबाट स्वदेश आएकै भरमा सामाजिक लाञ्छना लगाएको छ
आइतबार, ३० चैत २०७६, ०६ : ३८
आइतबार, ३० चैत २०७६

चीनको उहान उद्गमस्थल मानिएको कोभिड–१९ लाई कतिपयले ‘चाइनिज भाइरस’, ‘एसिएन भाइरस’, ‘उहान भाइरस’जस्ता नामले परिचय दिने गरेका छन् । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस भाइरसलाई ‘चाइनिज भाइरस’को संज्ञा दिएका छन् । यस्ता किसिमका भाष्यको प्रयोग गरिँदै हाल चिनियाँ मात्र नभई सम्पूर्ण एसियाली मूलका मानिसमाथि घृणा व्यक्त गरिएको छ । कतिपय स्थानमा त उनीहरुमाथि भौतिक हमला समेत गरिएको तथ्य विभिन्न संचार माध्यममा आएका छन् ।


यस विश्व परिवेशमा कोभिड–१९ जुन गतिमा अगाडि बढ्दैछ त्यही गतिमा समाजमा अफवाह, घृणा, लाञ्छना पनि फैलिँदैछ । यस अर्थमा यो सामाजिक रोग हो । यसलाई रोक्न विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको नाम नै परिवर्तन गरी कोभिड–१९ राखेको हो । यति मात्र होइन, सामाजिक लाञ्छनाविरुद्ध उत्रन उसले हरेक देशका सरकारलाई सुझाएको पनि छ । तर, नेपाल सरकारले यसका विरुद्ध उत्रनुको सट्टा आफ्नै नागरिकलाई विदेशबाट स्वदेश आएकै भरमा सामाजिक लाञ्छना लगाएको छ ।


यस विश्व परिवेशमा कोभिड–१९ जुन गतिमा अगाडि बढ्दैछ त्यही गतिमा समाजमा अफवाह, घृणा, लाञ्छना पनि फैलिँदैछ । यस अर्थमा यो सामाजिक रोग हो । यसलाई रोक्न विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको नाम नै परिवर्तन गरी कोभिड–१९ राखेको हो । यति मात्र होइन, सामाजिक लाञ्छनाविरुद्ध उत्रन उसले हरेक देशका सरकारलाई सुझाएको पनि छ । तर, नेपाल सरकारले यसका विरुद्ध उत्रनुको सट्टा आफ्नै नागरिकलाई विदेशबाट स्वदेश आएकै भरमा सामाजिक लाञ्छना लगाएको छ ।

महाव्याधिको डरले भारतबाट घर फर्किंदै गरेका नेपाली श्रमिक वर्गलाई राज्यले सीमापारि नै रोकिदिएको छ । आफ्नो मातृभूमिमा प्रवेश गर्न पाउने उनीहरुको संवैधानिक र नैसर्गिक हक राज्यले नै खोसिदिएको छ, कोभिड–१९ को आशंकामा । विदेशबाट आएका व्यक्तिको पहिचान गर्दै सावधानी अपनाए सङ्क्रमण रोक्न सकिने भन्दै कतिपय स्थानीय सरकारले जनताका घरघरमा रातो चिन्ह लगाएका छन् । स्थानीय सरकारका यस्ता हर्कतले विदेशबाट आएका व्यक्तिहरु समाजका कलंक हुन् भन्ने हिसाबले प्रस्तुत गरिएको बुझिन्छ ।


कोभिड–१९ ले निम्त्याएको महाव्याधिका बेला नेपाली राज्यले गरेको सन्देह नाजायज हो भन्न खोजिएको होइन । यस बेला सन्देह राख्नुपर्दछ, यो स्वाभाविक हो पनि । तर नागरिकलाई आफ्नो जन्मभूमिमा प्रवेश गर्न रोक लगाउनु र घरघरमा रातो चिन्ह लगाउनु नै कोभिड–१९ विरुद्धको अन्तिम विकल्प भने हुन सक्दैन, होइन ।


कोभिड–१९ ले निम्त्याएको महाव्याधिका बेला नेपाली राज्यले गरेको सन्देह नाजायज हो भन्न खोजिएको होइन । यस बेला सन्देह राख्नुपर्दछ, यो स्वाभाविक हो पनि । तर नागरिकलाई आफ्नो जन्मभूमिमा प्रवेश गर्न रोक लगाउनु र घरघरमा रातो चिन्ह लगाउनु नै कोभिड–१९ विरुद्धको अन्तिम विकल्प भने हुन सक्दैन, होइन । वास्तवमा केन्द्र सरकारले महाकाली र सीमापारिका नेपाली नागरिक तथा स्थानीय सरकारले विदेशबाट आएका नागरिक जति सबैलाई सोलोडालोमा राख्दै कोरोना संक्रमण रोक्ने नाममा जुन व्यवहार गरेका छन् त्यसले जनमानसमा आवश्यकभन्दा बढी मात्रामा त्रास पैदा गरेको छ । फलस्वरुप, यसै त्रासले नेपाली समाजमा सामाजिक लाञ्छनाको बीजारोपण पनि गरेको छ ।

कोभिड१९ ले निम्त्याएको त्रास र सामाजिक लाञ्छना

स्वास्थ्यको दृष्टिकोणले कुनै एक व्यक्ति, समूह वा समुदायलाई विशेष रोगसँग जोड्दै गरिने विभेद सामाजिक लाञ्छना नै हो । यो तब देखिन्छ जब मानिसले जोखिमलाई कुनै एक व्यक्ति, समूह, समुदाय वा स्थानसँग जोड्दछन्, तर यथार्थमा त्यस्तो जोखिम अन्य सामान्य जनसंख्याभन्दा बढी छ भन्ने कुराको त्यहाँ कुनै प्रमाण नै हुँदैन ।

अहिलेको परिप्रेक्ष्यमा नेपालमा कुनै विशेष समुदायलाई कोभिड–१९ सँग जोड्दै सामाजिक लाञ्छना लगाइएको छैन । तर, कुनै निश्चित स्थानबाट आएकै भरमा लाञ्छना लगाउने काम भने जारी छ । चीनबाट उद्धार गरी स्वदेश ल्याइएका नेपाली नागरिकको परीक्षणका लागि भक्तपुरस्थित खरिपाटीलाई स्थान तोकिँदा केही स्थानीय व्यक्तिले आन्दोलन गरे । सरकारले क्वारेन्टाइनका लागि त्यही स्थान तोक्ने विषय सार्वजनिक गरे लगत्तै कोरोना भाइरस सर्ने डरले स्थानीय बासिन्दाहरु घर छाडेर जाने थालेको खबर पनि आयो । तर, परीक्षणपश्चात स्थानीयले आशंका गरेजस्तो चीनबाट आएका कसैमा पनि कोभिड–१९ संक्रमण भेटिएन ।

वास्तवमा चीनबाट आएका सबैलाई सामाजिक कलंकको रुपमा लिइएको देखिन्छ । हाल पनि महाकाली र अन्यत्र सीमापारि रोकिन बाध्य पारिएका र विदेशबाट फर्किएका नेपालीलाई सामाजिक लाञ्छना लगाइएको छ । उनीहरुलाई राज्यले नै कलंककै रुपमा प्रस्तुत गरिदिएको छ । महाकालीपारि रोकिएका नेपालीलाई चेकजाँच नगरेर राज्यले उनीहरुमा विभेद नै गरेको छ । कोभिड–१९ ले आफ्नै नागरिकलाई सामाजिक लाञ्छना लगाउन केन्द्रीय तथा स्थानीय तहलाई कसरी बाध्य बनायो त ?


आर्थिक हिसाबले कमजोर देशको सरकारसँग कुनै रोगविरुद्ध लड्न त्यसबारे पर्याप्त जानकारी र आवश्यक स्रोत साधन हुँदैन, तब उसमा डर पैदा हुँदो रहेछ । नेपाल सरकारलाई पनि यही भएको हो । यसैकारण त ऊ विदेशबाट फर्किएका आफ्नै नागरिकसँग डरायो । सरकारले महाकालीपारिका वा विदेशबाट फर्किएका नेपालीलाई हाल जुन व्यवहार गरेको छ, त्यसले जनमानसमा पनि डर पैदा गरेको छ । यसै डरले नेपालमा सामाजिक लाञ्छनाको रुप लिएको हो । वास्तवमा, सरकारले खरिपाटी अनुभवलाई आत्मसात् गर्न नसकेकै कारण सामाजिक लाञ्छनाले दोस्रो पटक स्थान पाएको छ ।


विश्वको लागि कोरोना भाइरस नयाँ विषय हो र अझै पनि यसका धेरै पक्षबारे विश्व अनभिज्ञ नै छ, निर्मूल पार्नु त गहन कुरा भयो । जब आर्थिक हिसाबले कमजोर देशको सरकारसँग कुनै रोगविरुद्ध लड्न त्यसबारे पर्याप्त जानकारी र आवश्यक स्रोत साधन हुँदैन, तब उसमा डर पैदा हुँदो रहेछ । नेपाल सरकारलाई पनि यही भएको हो । यसैकारण त ऊ विदेशबाट फर्किएका आफ्नै नागरिकसँग डरायो । सरकारले महाकालीपारिका वा विदेशबाट फर्किएका नेपालीलाई हाल जुन व्यवहार गरेको छ, त्यसले जनमानसमा पनि डर पैदा गरेको छ । यसै डरले नेपालमा सामाजिक लाञ्छनाको रुप लिएको हो । वास्तवमा, सरकारले खरिपाटी अनुभवलाई आत्मसात् गर्न नसकेकै कारण सामाजिक लाञ्छनाले दोस्रो पटक स्थान पाएको छ ।

सामाजिक लाञ्छनाको प्रभाव

सरकारले कोभिड–१९ विरुद्ध गरिएका यस्तै किसिमको प्रतिकार्यलाई निरन्तरता दिएमा र भोलि हजारौंको संख्यामा कोभिड–१९ का केस भेटिएमा सामाजिक कलंकले विशाल रुप लिने छ । कोभिड–१९ संक्रमित, उनीहरुको हेरचाहमा संलग्न व्यक्ति, उनीहरुका परिवारजन, साथीसँगी र समुदायमा नकारात्मक असर पार्नेछ । अत्यधिक मात्रामा यसले कोरोनाविरुद्धको ‘रेस्पोन्स’ कार्यमा नकारात्मक प्रभाव पार्नेछ । रोगविरुद्धको सरकारको सम्पूर्ण कार्ययोजना तथा व्यवस्थापनमा नकारात्मक असर देखा पर्नेछ । अन्ततः रोगको नियन्त्रणमा अवरोध सिर्जना गर्नेछ । यति मात्र होइन, दशकौं समय खर्चिएर सामाजिक विभेद तथा लाञ्छनाविरुद्ध हामीले थालेका काम र पाएका सफलता तहसनहस हुनेछन् । ।

सामाजिक लाञ्छनालाई संक्रामक रोगको सन्दर्भमा जोडेर हेर्दा यो एउटा अति संवेदशील सामाजिक विषय हुन आउँछ । किनभने यसले सिंगो स्वास्थ्य पद्धतिमै दुस्परिणाम निम्त्याउन सक्दछ । जस्तै, लाञ्छनाकै कारणले गरिने विभेदले समग्र स्वास्थ्य सेवा पेशामा मानिसको अविश्वास बढ्न सक्छ । यस्तो अविश्वासले समाजमा त्रासको बीजारोपण गर्दछ । परिणामतः अस्पताल बन्द हुनेछन्, चिकित्सक तथा नर्स स्वास्थ्य सेवा दिन निरुत्साहित हुने छन् र अन्ततः कोभिड–१९ का संक्रमण नभएकाले पनि सेवा सुविधा नपाउन सक्छन् । कोभिड–१९ ले निम्त्याएको सामाजिक कलंकको असर स्वास्थ्य क्षेत्रमा देखिन थालिसकेको छ । उदाहरणका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सक र कर्मचारीले काठमाण्डौको टेकु अस्पतालको चिकित्सक टोलीलाई ‘पीसीआर’ मेसिन जडानमा सघाएनन् । हालसालै राज्यबाट सेवासुविधा लिएका निजी अस्पताल र केही सरकारी अस्पतालले कोभिड–१९ संक्रमणको आशंका गरिएका व्यक्तिको उपचारको त परैको कुरा, सामान्य रुघाखोकी, ज्वरो, झाडापखालाका बिरामीलाई समेत गेट बन्द गरे ।


सामाजिक लाञ्छनाकै कारणले कोभिड–१९ संक्रमणको सम्भावना भएका व्यक्तिहरुले समेत चरम सामाजिक बहिष्करण भोग्न सक्छन् । आफू सामाजिक बहिष्करणमा पर्न सक्ने डरले मानिसहरु रोग लागे–नलागेको चेकजाँच गर्न अथवा सेवा लिनबाट निरुत्साहित हुन्छन् । नेपालमा आइसोलेसन वा क्वारेन्टाइनबाट संक्रमणका सम्बाहकहरु भाग्नु सामाजिक कलंककै उपज हो । सामाजिक लाञ्छना लाग्ने अथवा विभेद गरिने डरले अब मानिसहरुले रोग नै लुकाउन सक्छन् ।


सामाजिक लाञ्छनाकै कारणले कोभिड–१९ संक्रमणको सम्भावना भएका व्यक्तिहरुले समेत चरम सामाजिक बहिष्करण भोग्न सक्छन् । आफू सामाजिक बहिष्करणमा पर्न सक्ने डरले मानिसहरु रोग लागे–नलागेको चेकजाँच गर्न अथवा सेवा लिनबाट निरुत्साहित हुन्छन् । नेपालमा आइसोलेसन वा क्वारेन्टाइनबाट संक्रमणका सम्बाहकहरु भाग्नु सामाजिक कलंककै उपज हो । सामाजिक लाञ्छना लाग्ने अथवा विभेद गरिने डरले अब मानिसहरुले रोग नै लुकाउन सक्छन् । नेपालमा हाल थोरै संख्यामा कोभिड–१९ का केस पहिचान हुनुको कारण पनि सामाजिक लाञ्छना नै हुनसक्छ । यसकारण, सामाजिक लाञ्छनाले कोभिड–१९ एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्न सहज वातावरण निर्माण गरेको प्रस्ट छ ।

सामाजिक लाञ्छनाले सामाजिक सम्बन्धमा समेत खलल पुर्‍याउन सक्छ । विदेशबाट आउने जतिले कोभिड–१९ लिएर आएका छन् भन्ने सोचले सामाजिक सम्बन्धमा ह्रास आउने मात्र होइन, द्वन्द्वकै रुप लिन पनि सक्छ । यसकारण बुझ्नुपर्ने कुरा के हो भने हामी कहाँबाट आएको, के काम गर्छाैं, यसको आधारमा भाइरसले विभेद गर्दैन । हामीले कसैलाई विभेद गर्दैमा कोभिड–१९ नलाग्ने भन्ने हुदैन । कुनै व्यक्तिलाई कोरोना संक्रमणको आशंकामा गरिने लाञ्छना नै समस्याको समाधान होइन । यस्तो कार्य गर्नाले कोरोना फैलिनबाट रोक्नेभन्दा पनि मानिसहरुबीचको एकतालाई कमजोर पार्नसक्छ । त्यसैले, कोभिड–१९ विरुद्ध हामी फुटेर होइन, जुटेर लाग्नु जरुरी हुन्छ ।


भोलि कोभिड–१९ व्यापक फैलिँदै गयो र यसले विकराल परिणाम निम्त्याउन थाल्यो भने विभिन्न देशमा रहेका लाखौं नेपाली स्वदेश फर्किने छन् । राज्यले फैलिँदो सामाजिक लाञ्छनालाई समयमै रोक्न नसकेमा जनविश्वासमा ह्रास आउने छ । अन्ततः भोलि नेपालका कुनै पनि स्थानमा जनताले क्वारेन्टाइन राख्न नदिने सम्भावना हुनसक्छ र राखिए पनि क्वारेन्टाइनमा बस्नेलाई खेदिन सक्छ ।


अन्तमा, महाव्याधिको घडीमा सरकारले विदेशबाट फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ को संक्रमणको शंका गर्नु सामान्य नै हो भनेर मात्र नजरअन्दाज गर्न मिल्दैन । भोलि कोभिड–१९ व्यापक फैलिँदै गयो र यसले विकराल परिणाम निम्त्याउन थाल्यो भने विभिन्न देशमा रहेका लाखौं नेपाली स्वदेश फर्किने छन् । राज्यले फैलिँदो सामाजिक लाञ्छनालाई समयमै रोक्न नसकेमा जनविश्वासमा ह्रास आउने छ । अन्ततः भोलि नेपालका कुनै पनि स्थानमा जनताले क्वारेन्टाइन राख्न नदिने सम्भावना हुनसक्छ र राखिए पनि क्वारेन्टाइनमा बस्नेलाई खेदिन सक्छ ।

यसकारण, सामाजिक लाञ्छनाले विशाल र व्यापक रुप लिनुअगावै यसलाई नियन्त्रण गर्नु अत्यन्त जरुरी छ । यसका लागि सरकारले तत्कालै महाकालीपारि रोकिएका नेपालीलाई स्वदेशमा ल्याउने, आवश्यक सुविधासहित क्वारेन्टाइनमा राख्ने र उपयुक्त परीक्षण गर्दै नागरिक हकको सुनिश्चित गरिनुपर्दछ । त्यस्तैगरी जनताका घरमा रातो चिन्ह लगाउँदै आतंकित र कलंकित पार्ने गतिविधि रोक्न पनि अत्यन्त जरुरी छ । सरकार आफै संयमित हुँदै विदेशबाट आएकालाई स्वदेशमा स्वागत गर्दै आवश्यक चेकजाँचको व्यवस्था उत्तम हुने देखिन्छ । खरिपाटीको अनुभवले यही बाटो सुझाएको छ, जसलाई सरकारले स्वीकार गर्न र अन्यत्र पनि लागू ढिलाइ गर्नु हुँदैन ।

(प्रकाश वि.क <[email protected]> समाजशास्त्रका अध्येता हुन्)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश वि.क.
प्रकाश वि.क.
लेखकबाट थप