शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाः इटलीमा भन्दा अमेरिकामा बढी मृत्यु, मृतकको संख्या साढे २० हजार पार

आइतबार, ३० चैत २०७६, ०६ : ४६
आइतबार, ३० चैत २०७६

कोरोनाभाइरसको संक्रमणका कारण धेरै मृत्यु हुने देशको सूचीमा इटली पर्दथ्यो तर नयाँ आँकडा अनुसार अमेरिकामा सबैभन्दा धेरै मृत्यु भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा एकैदिन १८ सय ३० को मृत्यु भएपछि यहाँ मृतकको संख्या २० हजार ५ सय ७७ पुगेको छ ।

यहाँ एकैदिन ३० हजार ३ जना नयाँ संक्रमित पनि भेटिएका छन् । हालसम्म यहाँ कूल संक्रमितको संख्या ५ लाख ३२ हजार ८ सय ७९ पुगेको छ जसमध्ये ११ हजार ४ सय ७१ को अवस्था चिन्ताजनक छ ।

यस्तै, इटलीमा हालसम्म मृतकको कूल संख्या १९ हजार ४ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ ६ सय १९ जनाको मृत्यु भएको थियो । साथै, एकैदिन ४ हजार ६ सय ९४ नयाँ संक्रमित थपिएपछि संक्रमितको कूल संख्या १ लाख ५२ हजार २ सय ७१ पुगेको छ ।

संक्रमितमध्ये ३ हजार ३ सय ८१ को अवस्था गम्भीर छ भने ३२ हजार ५ सय ३४ संक्रमित निको भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप