शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज– अन्तरीक्षमा पहिलो मानव पाइला

आइतबार, ३० चैत २०७६, १२ : ०१
आइतबार, ३० चैत २०७६

आज अप्रिल १२ । सन् १९६१ मा आजैका दिन सोभियत युनियनका एयरफोर्स पाइलट तथा वैज्ञानिक युरी अलेक्सेयेभीच गाग्रिनले अन्तरिक्षमा पुग्ने किर्तिमान रचेका गरेका थिए । स्थानीय समयअनुसार बिहान ६ बजेर ७ मिनेट जाँदा काजाखिस्तानस्थित बाइकोनुर कस्मोड्रोन स्पेसपार्टेबाट भोस्तोक–१ अन्तरीक्षयान उडेको थियो । उनी १ घण्टा ४८ मिनेट  अन्तरिक्षमा बिताएर फर्किए ।

अन्तरिक्षमा यो पहिलो मानव पाइला थियो । यस सफल प्रक्षेपणपछि गाग्रिनलाई देशकै ठूलो सम्मान ‘हिरो अफ दि सोभियत यूनियन’ सहित धेरै अवार्डबाट विभूषित गरियो । उनी अन्तर्राष्ट्रिय सेलिब्रेटी बने । उनी जन्मिएको क्लुसिनो गाउँको नामाकरण फेरेर उनकै नाममा गरियो ।

भोस्तोक गाग्रिनको पहिलो अन्तरिक्षय उडान थियो । तर उनले सोयुजन १ मिशनमा पनि ब्याकअप क्रुका रुपमा काम गरेका थिए । यस यान दुर्घटनामा पर्दा उनका साथी भ्लादिमिर कोमारोभको निधन भयो । त्यसपछि सोभियत अधिकारीहरुले गाग्रिनको जीवनरक्षाका लागि उनलाई अन्य अन्तरिक्ष यान चलाउन प्रतिबन्ध लगाए । १७ फेब्रअरी १९६८ मा झुकोभस्काई एयर फोर्स इन्जिनियरिङ एकेडेमीबाट प्रशिक्षण पूरा गरेपछि उनले नियमित रुपमा विमानको उडान भर्न थाले । यही क्रममा एमआईजी १५ ट्रेनिङ जेट दुर्घनामा पर्दा गाग्रिन र उनका इन्स्ट्रक्टर भ्लादिमिर सेरीयोजिन घाइते भए । पाँच सातापछि गाग्रिनको निधन भयो ।

गाग्रिनले अन्तरिक्षयमा पाइला राखेको ८ वर्षपछि अमेरिकी अन्तरिक्षयान एपोलो ११ मार्फत निल आर्मस्ट्रङ र इडविन एल्ड्रिनले चन्द्रमामा पहिलो पाइला राखे ।

महत्वपूर्ण घटनाक्रम 
१८६४– अमेरिकीमा गृहयुद्ध सुरु, टेनेस्सेस्थित किले टकियामा आत्मसमर्पण गरिसकेका अफ्रिकी–अमेरिकी सेनाको संघीय सेनाद्धारा हत्या ।

१९४५–  अमेरिकी राष्ट्रपति फ्यांकलिन डि रुजभेल्टको ६३ वर्षको उमेरमा कार्यालयमै मृत्यु, उपराष्ट्रपति ह्यारी एस ट्रुम्यान रुजभेल्ट नयाँ राष्ट्रपति बने । 

२०१३– फ्रान्सको सिनेटद्धारा समलिङ्गी विवाहलाई मान्यता ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप