बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

आइतबार, ३० चैत २०७६, १३ : ०१
आइतबार, ३० चैत २०७६

मकवानपुर – कुटपिट गरी छिमेकीको हत्या गरेको अभियोगमा ईन्द्रसरोवर गाउँपालिका–४ थाखेल बस्ने ३२ वर्षीय प्रदिप डिम्दुङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

लेनदेनको विषयलाई लिएर प्रदिप र ३५ वर्षीय भक्त बहादुर गोलेको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाँउ बस्ने ४० वर्षीय जितबहादुर पाख्रीनको ललितपुरस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि प्रदिपलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप