अमेरिका, इटली, स्पेन, फ्रान्स र बेलायतमा मात्रै ८४,२२१ को मृत्यु
संसारभरी कोरोनाभाइरसको संक्रमणका कारण १ लाख १४ हजार बढीको ज्यान गइसकेको छ । हालसम्म साढे १८ लाख कूल संक्रमित छन् ।
यसका साथै ४ लाख २३ हजार बढी संक्रमित उपचारपश्चात् निको भइसकेका छन् ।
अमेरिकामा हालसम्म २२ हजार १ सय ८ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको संख्या ५ लाख ६० हजार ३ सय २३ रहेको छ । संक्रमितमध्ये ११ हजार ७ सय ७७ को अवस्था चिन्ताजनक छ । यहाँका ३२ हजार ६ सय ३४ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
साथै स्पेनमा हालसम्म कूल १७ हजार २ सय ९ जनाको मृत्यु भइसकेको छ । यहाँका १ लाख ६६ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ ।
संक्रमितमध्ये ७ हजार ३ सय ७१ को अवस्था चिन्ताग्रस्त छ । संक्रमितमध्ये ६२ हजार ३ सय ९१ जना निकोसमेत भइसकेका छन् ।
यसका साथै, इटलीमा हालसम्म १९ हजार ८ सय ९९ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ लाख ५६ हजार ३ सय ६३ पुगेको छ ।
संक्रमित ३ हजार ३ सय ४३ को अवस्था नाजुक छ भने ३४ हजार २ सय ११ जना निको भएर घर फर्किसकेका छन् ।
साथै, फ्रान्समा पनि हालसम्म १४ हजार ३ सय ९३ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ । यहाँ कूल संक्रमितको संख्या १ लाख ३२ हजार ५ सय ९१ पुगेको छ ।
संक्रमितमध्ये ३ हजार ३ सय ४३ को अवस्था नाजुक छ भने ३४ हजार २ सय ११ संक्रमित उपचारपश्चात् निको भइसकेका छन् ।
साथै, बेलायतमा पछिल्लो समयमा मृतक र संक्रमितको संख्यामा वृद्धि भएको छ । यहाँ हालसम्म १० हजार ६ सय १२ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको संख्या ८४ हजार २ सय ७९ पुगेको छ ।
संक्रमितमध्ये १५ सय ५९ को स्थिती चिन्ताजनक रहेको छ भने हालसम्म ३ सय ४४ जना निको भएर घर फर्किसकेका छन् ।
अमेरिका, इटली, स्पेन, फ्रान्स र ब्रिटेनमा भएको मृतकको आँकडालाई जोड्ने हो भने यी पाँच देशमा मात्रै ८४, २२१ को कोरोनासंक्रमणका कारण मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबारदेखि मौसममा सुधार आउने
-
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै, सभामुख घिमिरेले दिए शुभकामना
-
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सले आज टी–२० शृङ्खलाको पहिलो खेल खेल्ने
-
सहकारी समस्या समाधान गर्न कार्ययोजना बनाउन मन्त्री बज्राचार्यको निर्देशन
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त