शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिल र मिलिन्डा गेट्सले डब्ल्यूएचओमाथि ट्रम्पको निर्णयलाई खतरनाक बताए

बुधबार, ०३ वैशाख २०७७, १३ : २१
बुधबार, ०३ वैशाख २०७७

माइक्रोसफ्ट कम्पनीका सह–संस्थापक बिल गेट्स र उनकी श्रीमती मिलिन्डा गेट्सले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको रकम रोक्नका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको आदेशलाई खतरनाक बताएका छन् ।

बिल गेट्सले ट्वीटरमा यसबारे प्रतिक्रिया दिँदै भने, ‘यो सुन्दा जति खतरनाक छ, त्यति नै भयानक छ ।’

उनले थपे, ‘उनीहरुको कामले नै कोभिड–१९ फैलन कम भएको छ र यदि यो कार्य रोकिए, अन्य कुनै पनि संस्थाले यसको स्थान ओगट्न सक्दैन । विश्वलाई अहिले विश्व स्वास्थ्य संगठनको सबैभन्दा धेरै आवश्यकता छ ।’

विश्व स्वास्थ्य संगठलाई बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेशनले  पनि ठूलो आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप