केन्द्रीय संस्करण

संसारभरीका सबै सैन्य संघर्ष रोक्न माग

person explore access_timeबैशाख ४, २०७७ chat_bubble_outline0

संसारभरी कोरोनाभाइरसको संक्रमण बढेर २० लाख बढी भइसकेको छ । अमेरिकामा मात्रै  ६ लाख ४४ हजारजनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाभाइरसका कारण यहाँ साढे २८ हजारभन्दा बढीको मृत्यु भइसक्यो ।

यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले फ्रेन्च रेडिए आरएफआईलाई दिएको अन्तर्वार्तामा संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटरेसको अपिलको समर्थन गरेका छन् जसमा उनले भविष्यमा कोरोनाभाइरसको महामारी रोक्नका लागि संसारभरी चलिरहेको सबै सैन्य संघर्षलाई रोक्न अपिल गरेका छन् ।

म्याक्रोंले संयुक्त राष्ट्र सुरक्षा परिषद्को सबै पाँच देश यो अपिलसहित अगाडि आउनुपर्ने बताएका छन् । फ्रान्समा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको कूल संख्या १७ हजार बढी पुगेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.