शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा आगलागी हुँदा १४ लाखभन्दा बढीको क्षति

बिहीबार, ०४ वैशाख २०७७, १२ : ०४
बिहीबार, ०४ वैशाख २०७७

बर्दिबास : महोत्तरीमा बुधबार मध्यरातमा आगलागी हुंदा १४ लाखभन्दा बढीको क्षति भएको छ । 

जिल्लाको लोहारपट्टी नगरपालिका – ५ स्थित गुलाम रहशुलको ट्याक्टर र थ्रेसर राख्ने जस्ताको घरमा भएको आगलागीमा परेर ज १ त ७८६० नम्वरको ट्रेक्टर, थ्रेसर (गहुँ, धान कुटने यन्त्र) लगायतका सामान र सो राखिएको घर जलेर नस्ट हुंदा  १४ लाखभन्दा बढीको क्षति भएको हो । 

आगो लागेको ठाउँमा पेट्रोलको गन्ध आएको हुँदा कसैले नियतिबस आगो लगाएको हुंन सक्ने स्थानीयले आशंका गरेका छन् ।
 
घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप