मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रेम्डेसिभिर : के कोभिड–१९ को महामारीमा बरदान बन्ला यो औषधी ?

शनिबार, ०६ वैशाख २०७७, १० : ३१
शनिबार, ०६ वैशाख २०७७

‘रेम्डेसिभिर’ नामक प्रायोगात्मक औषधी लिइरहेका कोभिड–१९ का बिरामीहरु चाँडो निको भइरहेको समाचार स्टाट न्युजले बिहीबार प्रकाशित गरेको छ । यस औषधीको प्रयोगबारे भइरहेको छलफलको भिडियोको आधारमा उक्त समाचार तयार गरिएको थियो ।

यस औषधीको क्लिनिकल ट्रायल (परीक्षण) मा भाग लिएका बिरामीहरुमा श्वासप्रश्वास सम्बन्धी गम्भीर लक्षण तथा ज्वरोको लक्षण रहेको थियो । तर, उनीहरु उपचार शुरु गरेको एक हप्ताभन्दा कम समयमा अस्पताल छाड्न सफल भएको यस परीक्षणको नेतृत्व गरिरहेका एक डाक्टरको भनाइलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

‘सबैभन्दा खुसीको समाचार भनेको हाम्रा धेरै बिरामीहरु डिस्चार्ज भइसकेका छन्,’ परीक्षणको नेतृत्व गरिरहेकी सिकागो विश्वविद्यालयमा संक्रामक रोग विशेषज्ञ डा. क्याथलिन मुलेनले भिडियोमा भनेकी छिन् । यस विषयमा प्रतिक्रिया दिन सीएनएनले गरेको आग्रहमा भने उनले बोल्न मानिनन् ।

सिकागो विश्वविद्यालयले भने मुलेनको प्रतिक्रया आशिंकरुपमा मात्र सत्य भएको बताएको छ । ‘जारी क्लिनिकल ट्रायलको आशिंक तथ्यांक पूर्ण हुँदैन र यसबाट जाँचमा रहेको सम्भावित उपचारको सुरक्षा र प्रभावकारिताबारे निष्कर्ष निकाल्न हुँदैन,’ विश्वविद्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।


यो औषधीलाई जिलिड साइन्सेसले इबोलाका लागि लक्षित गरेर निर्माण गरेको थियो । तर, जनवारमा गरिएका विभिन्न परीक्षण र अनुसन्धानमा यसले कोरोनाभाइरस सम्बन्धित कोभिड–१९, सार्स र मर्सलाई रोक्न र उपचार गर्न सफल देखिएको थियो । गत फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले पनि रेम्डेसिभिरलाई कोभिड–१९ विरुद्धको सम्भावित औषधीको रुपमा राखेको थियो ।


जारी रहेको अनुसन्धानमा संलग्न रहेका समकक्षीको आन्तरिक फोरमको जानकारीलाई बिनाअनुमति प्रकाशित गरको भन्दै विश्वविद्यालयले यसबाट कुनै निष्कर्ष निकाल्नु असामयिक र वैज्ञानिकरुपमा निराधार हुने बताएको छ ।

हालसम्म केही संक्रमितलाई निमोनिया र श्वासप्रश्वासमा अप्ठ्यारो बनाउने कोभिड–१९ को लागि अनुमोदित उपचार पद्दति रहेको छैन । तर, नेसनल इन्सिटिट्युट अफ हेल्थले यसको उपचारका लागि विभिन्न औषधी र उपचार विधिको परीक्षण गरिरहेको छ जसमा ‘रेम्डेसिभिर’ पनि एक हो ।


यो औषधीलाई जिलिड साइन्सेसले इबोलाका लागि लक्षित गरेर निर्माण गरेको थियो । तर, जनवारमा गरिएका विभिन्न परीक्षण र अनुसन्धानमा यसले कोरोनाभाइरस सम्बन्धित कोभिड–१९, सार्स र मर्सलाई रोक्न र उपचार गर्न सफल देखिएको थियो । गत फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले पनि रेम्डेसिभिरलाई कोभिड–१९ विरुद्धको सम्भावित औषधीको रुपमा राखेको थियो ।

स्टाटले मुलेन र उनका समकक्षीहरुले गत हप्ता गरेको छलफलको भिडियो आफूहरुले प्राप्त गरेको जनाएको छ । उक्त भिडियोमा मुलेनले भनेकी छन्, ‘हाम्रो विरामीहरु गम्भीर समस्या भएका छन् र धेरै ६ दिनमा नै निको भएर फर्किरहेका छन् । त्यसैले यसको उपचारको थेरापी १० दिनका लागि आवश्यक छैन भन्ने देखाएको छ ।’

अहिले यो औषधीको एक दर्जनभन्दा बढी क्लिनिकल सेन्टरमा परीक्षण चलिरहेको छ । उता, जिलिडले कोभिड–१९ को गम्भीर समस्या देखिएका २४ सय बिरामीमा विश्वभरका १५२ केन्द्रमा यसको परीक्षण गर्दैछ भने मध्यम लक्षण भएका १६०० बिरामीमा १६९ अस्पतालमा पनि यसको परीक्षण भइरहेको छ । जिलिडले परीक्षणको नतिजा यो महिनाको अन्त्यसम्ममा आउने अपेक्षा गरेको छ ।


‘हामी कोभिड–१९ को उपचारको चाँडो आवश्यकता र हाम्रो औषधी रम्डेसिभिरबारे भइरहेको अनुसन्धानबारे चाँसोबारे बुझ्छौँ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘तर, केही बिरामीको बारेका कथा मात्र कथा हुन् ।’


हाल कोभिड–१९ र सन् २०१५ मा मर्सबिरुद्ध दक्षिण कोरियाको अभियानको नेतृत्व गरेका डा. किम वु जुले आगामीको १८ महिनाभन्दा अगाडि कोभिड–१९ को कुनै खोप आउनेमा धेरै आशावादी नरहेको बताएका छन् । तर, इबोलाको उपचारको लागि तयार गरिएको रेम्डेसिभिर औषधी र एब्बभीको एचआइभीको उपचारको लागि तयार गरिएको कालेट्रा औषधीले यसको उपचार चाँडो सम्भव हुने बताए ।


‘यस परीक्षणबारे कुनै निष्कर्ष निकाल्नुभन्दा पहिले सम्पूर्ण तथ्यांकलाई मूल्यांकन गर्न जरुरी हुन्छ । एनेक्डोटल रिपोर्ट उत्साहजनक भए पनि यतिमात्रले कोभिड–१९ को उपचारका लागि यसको सुरक्षा र प्रभावकारिताबारे सम्पूर्ण चित्र दिँदैन,’ जिलिडले भनेको छ ।

यता, साउथ चाइना मोर्निङ पोष्टले पनि दक्षिण कोरियाली कोरोनाभाइरस विशेषज्ञलाई उद्धृत गर्दै भाइरसविरुद्ध खोप निर्माणभन्दा पनि यसको उपचारको पद्दति पत्ता लगाउने समय चाँडो हुने बताएको छ । यसमा पनि जिलिडको रेम्डेसिभिर औषधीको चर्चा गरिएको छ ।

हाल कोभिड–१९ र सन् २०१५ मा मर्सबिरुद्ध दक्षिण कोरियाको अभियानको नेतृत्व गरेका डा. किम वु जुले आगामीको १८ महिनाभन्दा अगाडि कोभिड–१९ को कुनै खोप आउनेमा धेरै आशावादी नरहेको बताएका छन् । तर, इबोलाको उपचारको लागि तयार गरिएको रेम्डेसिभिर औषधी र एब्बभीको एचआइभीको उपचारको लागि तयार गरिएको कालेट्रा औषधीले यसको उपचार चाँडो सम्भव हुने बताए ।

‘सबै कुरा सही तरिकाले अघि बढ्यो भने मलाई आशा छ यी औषधीको प्रभावकारिता तीनदेखि चार महिनाभित्र प्रमाणित हुनेछ,’ बुधबार एक अन्तरवार्तामा कोरिया युनिभर्सिटी गुरो हस्पिटलमा संक्रामक रोगका प्राध्यापकसमेत रहेका किमले भने ।

किमले सोल नेसनल युनिभर्सिटी हस्पिटल र डा. एन्थोनी फाउसीले नेतृत्व गरेको अमेरिकी नेसनल इन्सटिट्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेजले कोभिड–१९ को सम्भावित औषधीका लागि रेम्डेसिभिरको परीक्षणका लागि सहकार्य गरिरहेको पनि बताए ।

स्टाटमा औषधीको बारेमा समाचार प्रकाशित भएको केही घण्टामा नै जिलिड कम्पनीको सेयरको मूल्य १५ प्रतिशतले बढेको थियो भने शुक्रबार यो ९.७ प्रतिशत बृद्धि भएर बन्द भएको थियो । यो कम्पनी क्यालिफोर्नियामा रहेको छ ।

युनिभर्सिटी अफ सिकागो मेडिसिनले १२५ जना कोभिड–१९ का बिरामीलाई जिलिडको दुई फेज ३ क्लिनिल ट्रायलका लागि समावेश गरको थियो । यसमध्ये ११३ जनालाई गम्भीर समस्या थियो । उनीहरुलाई दैनिकरुपमा रेम्डेसिभिर दिइएको थियो ।

स्रोत : सीएनएनसाउथ चाइना मोर्निङ पोष्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप