बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको मात्रै होइन, यी रोगको पनि औषधि छैन

शनिबार, ०६ वैशाख २०७७, १७ : ५८
शनिबार, ०६ वैशाख २०७७

अहिले कोरोना भाइरसको महामारी छ । यसको भ्याक्सिन पत्ता लगाउन वैज्ञानिकहरु जुटेका छन् । तर, यो रोग कसरी सुरु भयो भन्ने विषय नै पत्ता नलागेको अवस्थामा भ्याक्सिन निर्माण चुनौतीपूर्ण नै छ । आज हामी अन्य रोगका विषयमा चर्चा गर्दैछौं, जसको औषधि अझै पत्ता लागेको छैन । 

अल्जाइमर 
स्मरणशक्तीमा ह्रास आउने समस्याले बुढेसकालमा धेरैलाई सताउनसक्छ । यस्ता, सबै समस्या अल्जाइमर होइनन् । अल्जाइमर डिजेनेरेटिभ ब्रेन डिसअर्डर हो । यसले हरेक रोगीमा फरक समस्या देखाउँछ  । न अहिलेसम्म यसको ठ्याक्कै कारण पत्ता लागेको छ , न त उपचार नै । 

सडेन इन्फान्ट डेथ सिन्ड्रोम 
यो स्वस्थ शिशुको बिना कुनै कारण अचानक हुने मृत्यु हो । १ वर्ष नपुगेका कतिपय शिशुमा यस्तो हुन्छ । प्राय शिशुहरु सुतेका बेला उनीहरुको मृत्यु हुन्छ । शिशुहरुमा अचानक हुने मृत्युका घटनामध्ये झन्डै ८० प्रतिशत घटना यस्ता हुन्छन्, बाँकी २० प्रतिशत संक्रमण, जेनेटिक डिसअर्डर र मुटुको समस्याका कारण हुनसक्ने बताइन्छ । यस समस्याको न अहिलेसम्म कारण न त उपचार नै पत्ता लागेको छ । 

सिजोफेर्निया 
मल्टिपल पर्सन्यालिटी डिअर्डर र सिजोफेर्निया फरक हो । जबकी, धेरैमा यी दुई एउटै हुन् भन्ने भ्रम पनि छ । सिजोफेर्नियाका धेरे लक्षण छन्, हरेक व्यक्तिले फरक लक्षण देखाउनसक्छन् । 
हुँदै नभएको आवाज सुन्ने, डराउने, असंयोजित आवाज तथा विचार आउने र वास्तविकता के हो भन्ने विषय बुझ्न बिरामीलाई कठिन हुन्छ । उनीहरु काल्पनिक संसारमा रमाउँछन् । यस रोगका विषयमा दशकौंदेखि अध्ययन भइरहेको छ । तर, यसका कारणबारे अझै स्पष्ट भइसकेको छैन, न त उपचारकै आविष्कार भएको छ । 

पानीको एलर्जी 
यसलाई चिकित्सकीय भाषामा एक्वाजेनिक याटक्यारिया भनिन्छ । यस्तो एलेर्जी हुनेहरु पानीको सम्पर्कमा पुग्नासाथ पीडा महसुस गर्छन् वा उनीहरुलाई चोट लाग्छ । यसको अर्थ पौडी खेल्न, नुहाउन र पानी खान समेत समस्या देखिन्छ । जेनेटिक रुपान्तरणले पनि यसमा भूमिका खेल्छ, तर ठ्याक्कै कारण र उपचार अहिलेसम्म पत्ता लागेको छैन ।

स्टिफ पर्सन सिन्ड्रोम
यो दुर्लभ रोगले झन्डै १० लाखमध्ये १ जनालाई मात्रै आक्रमण गर्छ । आजभन्दा झन्डै ३३ वर्षअघि यो समस्या पत्ता लागेको थियो । यसले मानिसको स्नायु प्रणालीमा आक्रमण गर्छ र बिस्तारै अन्य समस्या देखिन्छन् । यसको कारण र उपचार अझै पत्ता लागेको छैन । 

पिका 
तपाईहरुले बच्चाले फोहोर वा अखाद्यवस्तु खाएको कहिल्यै सुन्नु वा देख्नु भएको छ । खानपिनमा देखिने यस्तो समस्या पिको हो । मानिसले खाद्यान्नबाहेक अन्य कुरा जस्तै, माटो, ढुंगा, फोहोरलगायत खानु । यसले प्राय बालबालिकालाई सताउँछ र कहिलेकाँही गर्भवती महिला, वयस्क र फरक विशेषता भएका व्यक्तिमा पनि देखिन्छ । यसका धेरै कारण छन्, तर मुख्य कारण के हो भन्ने स्पष्ट छैन । यसको औषधिपनि पत्ता लागेको छैन । 

प्रोजेरिया 
बच्चाहरु चाडैं बुढो हुने समस्या हो यो । कपाल झर्ने, छाला चाउरी पर्ने, बढ्न बन्द हुने र आन्तरिक अंगहरुमा समस्या देखिने हुन्छ । यस्तो समस्या देखिएका प्राय बालबालिकाको १३ वर्ष नपुग्दै मृत्यु हुन्छ । यसलाई जेनेटिक समस्या भनिएको छ , तर ठ्याक्कै कारण र उपचार पत्ता लागेको छैन । 

मोर्जिलोन्स 
यो रहस्यमय छालारोग हो । यस्तो समस्याबाट ग्रस्त हुनेहरुको छालामा पीडादायी रुपमा खटिराहरु देखिन्छन् । उनीहरुले आफ्नो छालाभित्र केही कुरा गम्भिर रुपमा चलिरहेको अनुभव गर्छन् र अन्तत रेशा, धागो वा कालो वस्तु उनीहरुको छालाको घाउबाट बाहिर निस्कन्छ । यस समस्याको उपचार अहिलेसम्म पत्ता लागेको छैन । 

क्रिच्फेल्ड ज्याकोव रोग 
यो रोग प्राणघातक डि जेनेरेटिभ ब्रेन डिसअर्डर हो । यसका प्रारम्भिक लक्षणमा संझन समस्या, व्यवहारमा परिवर्तन, कमजोर समन्वय र दृश्यमा अवरोध पर्छन् बिस्तारै बिमेन्सिया, अन्धोपन, कमजोरी र कोममा हुनसक्छ । यो रोग पहिचान भएको वर्षदिनभित्र झन्डै ७० प्रतिशतको ज्यान जान्छ । यो दुर्लभ रोग पनि झन्डै १० लाखमा एक जनालाई देखिन्छ, अमेरिकामा प्रति वर्ष ३ सय ५० जनामा यस्तो रोग देखिन्छ । तर न अहिलेसम्म कारण पत्ता लागेको छ, न औषधि नै । 

एलिस इन वन्डरल्यान्ड सिन्ड्रोम 
यस्तो रोग भएकाहरुमा आफ्नो आकारभन्दा आफु केही ठूलो छु भन्ने भ्रम हुन्छ । अनि, आफू वरपरका वस्तुहरु पनि । छोटोमा भन्नुपर्दा यस्ता व्यक्तिहरुले दुई इन्च धेरै छु भन्ने सोच्नसक्छन् । यसबारे अझै अध्ययन भइरहेकै छ, कुनै पनि प्रभावकारी उपचार पत्ता लागेको छैन । 

यी रोग पनि
मानिसको बोली परिवर्तित भएर अर्कै भइदिने ‘फरेन एसेन्ट सिन्ड्रोम’,  पीडा भएर महिनौंसम्म मुख जलेको जस्तो हुने ‘ बर्निङ माउथ सिन्ड्रोम’, विश्वमा लाखौंको ज्यान लिइसकेको एचआईभी एड्सलगायतको पनि औषधि पत्ता लागेको छैन । 

र्‍याङ्करबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप