शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनलाइन प्रशिक्षक उत्पादन गर्दै ग्लोकल आफ्टर स्कूल कार्यक्रम, यस्ता छन मापदण्डहरु

शुक्रबार, १२ वैशाख २०७७, १४ : ३४
शुक्रबार, १२ वैशाख २०७७

काठमाडौं– ग्लोकल आफ्टर स्कूलले ‘कनेक्टिङ दि डटस् बिटुइन दि स्किलस्’लाई मुख्य विषयवस्तु राखी अनलाइन प्रशिक्षक हुनको लागि आवेदन खोलेको छ ।

ग्लोकल आफ्टर स्कूलले विभिन्न विषयमा ज्ञान र विशेषज्ञता भएका व्यक्तिहरूले आफुसँग भएको ज्ञान र सिप अरुलाई सिकाउनको लागि एक मञ्चको रुपमा सुरुवात गरेको हो । यो मञ्च निर्माण गर्नुको मुख्य उद्देश्य भनेको प्रशिक्षक र कुनै क्षेत्रको ज्ञान र सीप प्राप्त गर्न खोजिरहने व्यक्तिहरुलाई साथ ल्याएर सिप र ज्ञानको अदानप्रदान गर्नु ग्लोकलले बताएको छ ।

ग्लोकल आफ्टर स्कुलका लागि अनलाइन प्रशिक्षक हुनु भनेका एक नयाँ अवसरको सिर्जना गरी आफु सिक्दै आफुसँग भएको सिप र ज्ञान अरुलाई प्रदान गर्दै कमाउनु पनि रहेको छ । हरेक अलाइन प्रसिक्षण पछी प्रशिक्षयकले त्यो कौर्षबाट उठेको रकम पाउने छन । ग्लोकल आफ्टर स्कुल एक यस्तो समूहको निर्माण गर्न खोज्दै छ जहाँ पैसा कमाउने सँगसँगै आफुसँग भएको ज्ञान र सिप पनि अरुलाई प्रदान गर्नेछ । 

ग्लोकल प्रालिका कार्यकारी निर्देशक अशिस ठाकुर भन्छन्, ‘अनलाइन ट्रेनर बन्ने बिचारको पहल गर्नुको पछाडिको मुख्य उद्देश्य भनेको अरुसँग कुराकानी गर्नु, ज्ञान र सीप साझा गर्नु हो । हामी विश्वास गर्दछौं कि यो प्लेटफर्मले आत्मविश्वास बढाउन उत्प्रेरित गर्दै सीप वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्दछ । अनलाइन प्रशिक्षण आजको जीवनमा महत्वपूर्ण पक्ष भएकाले हामी यसमा केन्द्रित छौं ।’

अनलाइन प्रशिक्षकहरूको लागि इच्छुक उम्मेद्वारहरूले पाठ्यक्रम व्यवस्थित गर्नु पर्छ जुन उसले अन्य मानिसहरूलाई सिकाउन सक्छ । शिक्षण विधि जुनै पनि हुनसक्छ, केवल आधारभूतहरू सही हुन आवश्यक छ । प्रशिक्षक र विद्यार्थी बीचको अन्तरक्रिया एक अनलाइन माध्यम जुममार्फत सञ्चालन हुनेछ ।

अनलाइन प्रशिक्षक बन्न इच्छुक उम्मेद्वारहरूले कम्पनीको साइटमा गएर आवेदन दिन सक्नेछन् ।
अनलाइन प्रशिक्षक बन्ने मापदण्डहरु:
-समुहमा आफ्नो तर्क राख्न सक्ने अनुभव भएको 
-अनलाइन मञ्चबाट आफ्नो ज्ञान दिन सक्ने अभ्यास भएको
-उचित संगठित पाठ्यक्रम विकास गर्न सक्ने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप