बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सामान्य विवादमा कुटपिट गरी आफ्नै बुवाको हत्या

आइतबार, १४ वैशाख २०७७, १२ : २०
आइतबार, १४ वैशाख २०७७

सल्यान – आफ्नै बुवा ५१ वर्षीय बुदे बिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

सिद्धकुमाख गाउँपालिका–२ कुईयाझोल बस्ने २१ वर्षीय सुरज बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो  । 

सामान्य विवादको कारण सुरजले आफ्नै बुवालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान र प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप