कोरोना संक्रमितको संख्या ५१ पुग्यो, दुई नयाँ संक्रमित थपिए
आइतबार, १४ वैशाख २०७७, १२ : ५०
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का रहेका छन् । जसमध्ये छप्कैया वडा नम्बर–२ का पुरुष सिद्धार्थ मावि स्थित क्वारेन्टाइनमा बस्दै आएका थिए भने वडा नम्बर ३ का रहेका छन् ।
उनीहरु नारायणी अस्पतालको आइसोलेनसमा रहेको र अवस्था समान्य रहेको मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।
हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ जना रहेको छ । यस्तै ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी पदाधिकारीमा प्रतिस्पर्धाको ढोका बन्द, नेताहरूको तीव्र असन्तुष्टि
-
राष्ट्रिय सभा सदस्य निर्वाचन : कुन प्रदेशमा कति प्रकारका मतपत्र ?
-
आहा रारा गोल्डकप : उद्घाटन खेलमा आयोजक र थ्रि स्टार भिड्ने
-
रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन नेपालको आग्रह
-
मियाँ नेपाल हज समितिको अध्यक्षमा पुनर्बहाली
-
थाइल्यान्डमा करिब एक करोड ५० लाख टन लिथियम फेला
युनिकोड
मिति रूपान्तरण
